gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

अनिल खत्री
१६ पुस, गुल्मी । गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता भएको छ । स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा दुई दिनसम्म सञ्चालन हुनेछ ।

खेलको नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् । ५ बिधामा खेल सञ्चालन भइरहेको नेपाल ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले बताए ।

खेलमा जिल्ला भरका डेढसय जति खेलाडी सहभागी रहेको श्रेष्ठको भनाई छ । खेलको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले ब्याडमिन्टन खेलप्रति आकर्षण गराउनको निम्ति यस्ता खालका आयोजनाहरुले महत्व राख्ने बताए । उनले यस जिल्लामा ब्याडमिन्टन खेललाई विकास गर्न एक महिनासम्म प्रर्शिक्षक खटाईदिने बताए । सबैले त्यसको सहि सदुपयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष ग्रेड बी, पुरुष ग्रेड सी, खुल्ला पुरुष भेट्रान र खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश ३५ हजार २० हजार, १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तोकिएको छ ।

त्यस्तै पुरुष ग्रेड बी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीले जनाएको छ । त्यस्तै पुरुष ग्रेड सी प्रतियोगिता तर्फ प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्याडमिन्टन संघले जनाएको छ ।

त्यस्तै खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसमा ४५ वर्ष माथिका पुरुष पुरुष सहभागी हुन पाउने छन् । उता खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D