gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा खुल्ला सेभेन्जर क्रिकेट प्रतियोगिता हुने: ७ ओभरको खेल

सन्जु काउछा
चैत ८ । गुल्मीमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको चन्द्रकोट ७ रुपाकोट स्थित रुपाकोट क्रिकेट क्लबले खुल्ला सेभेन्जर क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यही चैत ११ र १२ गते रुपाकोट गहदेमा रहेको क्लबको खेल मैदानमा सन्चालन हुनेछ ।

प्रत्यक खेल ७ ओभरको खेलाईने प्रतियोगिता ५ जना बलर हुनु पर्नेछ । ७ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी हुने प्रतियोगितामा एल.बि.डब्लु बाहेक आई.सी.सीका सम्पूर्ण नियमहरु लागु हुने आयोजक क्लबका बिमल भण्डारीले गुल्मीन्युजलाई बताए ।

प्रतियोगिताको बिजेताले २१ हजार रुपैँया नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपबिजेताले १० हजार रुपैँया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चहाने क्लब, समुह वा टिमले ९८०३९९०१५७, ९८११९७७७२२ वा ९८४३८२९९८७ मा संपर्क गरेर दर्ता गर्न सक्नेछन् । टिम दर्ता शुल्क ३ हजार रुपैँया रहेको जनाईएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D