gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको रुपाकोटमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना, बिजेतालाई ५० हजार रुपैँया

सन्जु काउछा
गुल्मी, पुष १ । गुल्मीमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको चन्द्रकोट ७ रुपाकोट स्थित रुपाकोट क्रिकेट क्लबले खुल्ला प्रतियोगिता आयोजना गरेको हो । रुपाकोट गहदेमा रहेको क्लबको खेल मैदानमा सन्चालन हुने प्रतियोगिताको मुख्य पुरस्कार ५० हजार रुपैँया रहेको क्लबले जनाएको छ ।

यही पुष ८ गते देखी १२ गते सम्म सन्चालन हुने प्रतियोगिताको बिजेतालाई नगद ५० हजार रुपैँयाका अलावा ट्रफी, मेडल तथा प्रमाणपत्र पनि प्रदान गरिने क्लबका अध्यक्ष प्रज्वल भन्डारीले जानकारी गराए । त्यस्तै उपबिजेताले २५ हजार रुपैँया नगद र तेस्रोले १५ हजार रुपैँया नगदका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पनि नगद, ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

१२ ओभरको खेल खालाईने प्रतियोगिताको फाईनल भने १६ ओभरमा खेलाईने क्लबका अध्यक्ष भण्डारीले गुल्मीन्युजलाई बताए । प्रतियोगितामा गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची तथा बाग्लुङका क्रिकेट टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चहाने क्लब, समुह वा टिमले पुष ०७ गते सम्म ९८४३८२९९८७ वा ९८४३६७१०९१ मा संपर्क गरेर दर्ता गर्न सकिनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैँया रहेको जनाईएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D