gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

गुल्मीको दोस्रो छात्रा फुटबलको उपाधी सिद्धबाबालाई, आदर्शकी मनिषा बनिन् उत्कृष्ट खेलाडी

रमेश विश्वकर्मा
गुल्मी, जेठ ३२ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न पुल्चोक स्पोर्टस क्लवद्वारा आयोजित दोस्रो छात्रा फुटबलको उपाधी रेसुङ्गा नगरपालिका वडा नं. ८ मा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालयले हात पारेको छ ।

फाइनल खेलमा सिद्धबाबा माध्यमिक विद्यालय र आदर्श विद्या आश्रमले बराबर ३/३ गोल गरेपछि पेनाल्टीमा गएको हो । पेनाल्टीमा सिद्धबाबा माध्यमिक विद्यालयले आदर्श विद्या आश्रमलाई पछि पार्दै जित हाँसिल गरेको हो ।

खेलमा आदर्श विद्या आश्रमको तर्फबाट छात्रा मनिषा सेनले आफ्नो राम्रो खेल प्रस्तुत गरेकी थिईन । उनले खेल अवधिभर ८ गोल गरेकी हुन । खेल अवधि भरकै सर्वाधिक गोलकर्ताको रुपमा र उत्कृष्ट खेलाडीको रुपमा सेनलाई ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । उता सिद्धबाबा माध्यमिक विद्यालयको तर्फबाट छात्रा ऐश्वरा ब्रमेललाई उत्कृष्ट गोलरक्षकको रुपमा ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको हो । खेलमा विजेता र उप–विजेता हुनेलाई क्रमश २० हजार र १० हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लवका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

जेठ २८ गते देखि सुरु भएको पुल्चोक स्पोर्टस क्लवद्वारा आयोजित दोस्रो छात्रा फुटबल खेलमा रेसुङ्गा नगरपालिकाभित्रका उपल्लो तम्घास माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, महेन्द्र नमुना माध्यमिक विद्यालय, व्रिलियन्ट युनाईटेड एकेडेमी, गण्डकी इङ्लिस वोर्डिङ्ग स्कूल, सिद्धबाबा माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय अर्खले, आदर्श विद्या आश्रम, रिडर्स हाई स्कुल र जनसहयोग माध्यमिक विद्यालय भुवनपानी गरी १० विद्यालयले सहभागिता जनाएको क्लवका सचिव सन्तोष न्यौपानेले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D