gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको एउटै गाउँपालिकामा १० करोडका खानेपानी योजना

टोपलाल अर्याल
गुल्मी, १४ पुस । गुल्मीको एउटै गाउँपालिकामा करिव १० करोडको खानेपानी योजनाहरु संचालनमा रहेका छन् । जिल्लाको इश्मा गाउँपालिकामा ति योजनाहरु सन्चालनमा रहेका हुन् । केन्द्र, प्रदेश र स्थानीय तहले संचालन गरेका खानेपानी योजनाहरुको काम द्रुत गतिमा सम्पन्न भए खानेपानीको लागि गाग्रो बोकेर पँधेरा धाउनु नपर्ने इश्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

इश्मा गाउँपालिकामा ५ नं प्रदेशबाट ढाँढ खोला–रामकोट लिफ्टिङ खानेपानी तथा खग्रेटा खानेपानी योजनाका लागि करिव चार करोड बिनियोजन भएको बस्नेतले बताए । साथै पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको सहयोगमा इस्मा गाउँपालिका ५ को रजस्थलमा ९६ लाखको चाँपटारी–दमार–रातामाटा लिफ्टिङ खानेपानी योजना भर्खरै सम्पन्न भएको छ । जुन योजनाबाट ७४ घरधुरी लाभाम्बित भएका छन् ।

परियोजनाकै सहयोगमा ६६ घरधुरीलाई खानेपानीको पहुँच पु¥याउन इश्मा गाउँपालिका ६ अम्मरपुरमा ४७ लाखको लागतमा चौरासी खानेपानी योजना संचालनको अन्तिम चरणमा रहेको इश्मा गाउँपालिकाको वास अधिकृत हरि प्रसाद घिमिरेले जानकारी दिए । साथै इश्मा गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ४ दोहलीमा ७६ लाखको लागतमा डोटेका रह लिफ्टिङ खानेपानी योजना निर्माण भैरहेको छ । योजना सम्पन्न भएपछि करिव चार सय घर परिवारलाई खानेपानी वितरण गर्न सकिने वडाध्यक्ष गनु प्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै ४५ लाखको आठमाने लिफ्टिङ खानेपानी र ४८ लाखको सिस्ने खोला–काफलका रुख खानेपानी योजना र अम्मरपुर खानेपानी योजना निर्माण भैरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँमै पानी आएपछि उजुङबासी हर्षित

गाउँनै काकाकुल । बिस्तारा छोडेपछिको पहिलो काम नै खानेपानी । पिउनेदेखि गोठसम्मको लागि एक गाग्रोले पुग्दैन्थ्यो । उजुङबासीको लागि खानेपानी पुर्खेयौली समस्या हो । तर अहिले अवस्था फेरिएको छ । दुनदुरेखोला–उजुङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसंगै घरघरमै खानेपानी वितरण थालिएको छ । ०७० सालबाट सुरु गरिएको दुनदुरेखोला–उजुङ्ग हर्पुकोट खानेपानी भर्खरै सकिएको छ । ५ वर्षपछि गाउँमा पानी आउँदा खुसी नहुने कुरै भएन् । नेपाल सरकारबाट तीन करोड ६९ लाखको लागतमा योजना सम्पन्न भएको समितिका सचिव नारायण कुँवरले जानकारी दिए ।

‘अहिले अस्थायी रुपमा बितरण गरिरहेका छौ,’सचिव कुँवरले भने, ‘केही दिनमै घरघरमा वितरण गर्ने योजना छ ।’ खानेपानीका लागि स्थानीय दुई सय २७ जना सदस्य बनेको सचिव कुँवरले बताए । पानी पिउनको लागि प्रतिव्यक्ति तीन हजार ५५ रुपैयाँ लाग्ने दुनदुरेखोला–उजुङ्ग–हर्पुकोट खानेपानी समितिका अध्यक्ष बैकुण्ठ कुँवरले बताए । समितिका अनुसार ‘एक घर एक धारा’ अनुसारनै मिटर सिस्टमले खानेपानी बितरण गरिने छ । यो योजना मार्फत करिब सात सय घर परिवारलाई खानेपानी पुग्ने अपेक्षा समितिको रहेको छ । त्यति तलबाट गाउँमा पानी आउला भन्ने कल्पना समेत नगरेको स्थानीय अर्जुन कुँवरले बताए ।

गाउँपालिकाको अभियान ‘एक घर एक धारा’
इश्मा गाउँपालिकाले ‘एक घर एक धारा’ अभियान संचालन गरेको छ । अहिले संचालनमा रहेका सवै खानेपानी योजना सम्पन्न भए सवैको घरमा धारा पु¥याउन सकिने गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । जसका लागि आफुहरुको प्रथामिकतामा खानेपानी परिरहेको बिष्टको भनाई छ । उनले गत बर्ष र अहिले मात्रै करिव १० करोडका साना ठुलो लिफ्टिङ खानेपानी निर्माण तथा मर्मतको काम भइरहेको बताए । ‘हाम्रै कार्यकालमा सवै इश्माका नागरिकलाई खानेपानीको सहज पहुँच स्थापित गर्छौ, बिष्टले भने, ‘खानेपानी समस्या प्रति तीन तहकै सरकार गम्भिर छौ ।’

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D