gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कुर्घाको खानेपानी योजना उद्घाटन, यो बर्ष मात्रै मुसिकोटमा तीन वटा खानेपानी योजना सम्पन्न

टोपलाल अर्याल
गुल्मी, ९ फागुन । मुसिकोट नगरपालिका ६ कुर्घाको भुवाचिदी–बेलटारी खानेपानी तथा सरसफाई योजनाको निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, फिनल्याड सरकार तथा मुसिकोट नगरपालिकाको सहयोगमा सम्पन्न योजनाको बुधवार एक कार्यक्रममा बिच नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरे ।

यो पनि पढ्नुस्: फिन्ल्यान्ड सरकारको सहयोगमा मुसिकोटमा खानेपानी, १७० घरमा धारा

खानेपानीको उद्घाटन गर्दै मन्त्री बिष्टले अबको केहि बर्षमै डोकोमा गाग्रो बोकेर पँधेरा धाउनु नपर्ने बताए । उनले तीन तहका सरकार जनताको इच्छा र चाहना पुरा गर्ने दौडमा भएकाले बिस्तारै सवै सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । यो खानेपानी योजनाबाट एक सय ९० घरपरिवार लाभाम्बित भएको नगरपालिकाको वास संयोजक सिता भुसालले बताइन् ।

मुसिकोट नगरपालिकाको ‘एक घर एक धारा’ अभियान अन्तरगत यो खानेपानी योजना निर्माण गरिएको हो । नेपाल सरकार, फिनल्याड सरकार तथा मुसिकोट नगरपालिकाको ७० लाखको आर्थिक सहयोग योजना सम्पन्न भएको भुसालले जानकारी दिइन् । २०७४ सालबाट खानेपानी योजनाको निर्माण शुरु भएको थियो । खानेपानी निर्माण भएर घरघरमा धारा आएपछि अत्यन्तै खुसी लागेको स्थानीय प्रेम भण्डारीले प्रतिक्रिया दिए ।

यो बर्ष तीन वटा खानेपानी योजना सम्पन्न

यो बर्ष मुसिकोट नगरपालिकाले तीन वटा खानेपानी योजना सम्पन्न गरेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । मुसिकोट नगरपालिका ६ को भुवाचिदी–बेलटारी खानेपानी तथा सरसफाई योजनासहित वडा नं २ को जलकुने–सौरपाटा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएको छ । एक करोड ३१ लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट एक सय ७१ घर लाभाम्बित हुने मेयर सापकोटाले बताए ।

त्यस्तै छोरधार–बाङ्गे लिफ्टिङ्ग खानेपानी योजना पनि यो बर्ष नै सकिएको छ । एक करोड ५० लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट एक सय ७९ घर लाभाम्बित हुने नगरपालिकाले जनाएको छ ।


अहिलेसम्म पाँच सय ९१ घरमा खानेपानी पुगको छ । भने ४७ वटा खानेपानी योजनाहरुको मर्मत गरि संचालन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । उनले नगरका सवै मुहानहरु समेटेर बिस्तृत परियोजना प्रतिवेदन निर्माण गर्नुका साथै मुख्य छ वटा खानेपानी योजनाको डिजाइन र लागत स्टिमेट तयार गरिएको भण्डारीले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D