gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी-बाग्लुङ खण्डको काम तीव्र

शिवलाल शुवेदी
गुल्मी, बैशाख ०९ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठ देखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो ।

यो पनि पढ्नुस्: सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने, भौगर्भिक सर्भे शुरु

ठेकेदार कम्पनीले लामो समयसम्म ट्र्याक खोल्न नसकेपछि कालीगण्डकी करिडोरको जिम्मा नेपाली सेनालाई दिइएको थियो। सेनाको निर्माण कार्यदलले तोकिएको समयभन्दा छिटो सडकको ट्र्याक खोलेसँगै १० मिटर चौडा पार्ने कामको जिम्मा पनि सेनालाई नै दिइएको हो।

यो पनि पढ्नुस्: सालझण्डी–तम्घास सडक खण्ड अन्तर्गत सालझण्डी-पटौटी सडकको ठेक्का रद्द हुने

नेपाली सेनाले गुल्मीको रुरु गाउँपालिकाको रिडीबाट २०७५ वैशाख १३ गतेदेखि कालीगण्डकी करिडोरको गुल्मी–बागलुङ खण्ड फराकिलो पार्न सुरु गरेको थियो। एक वर्षमा नेपाली सेनाको निर्माण कार्यदलले गुल्मी खण्डको २१ किलोमिटर सडक १० मिटर चौडा पारिसकेको छ भने वाग्लुङ खण्डमा पाँच किलोमिटरभन्दा बढी सडक १० मिटर फराकिलो बनाइसकेको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक प्रमुख सेनानी रेश्मीराज भट्टराईले जानकारी दिए। यो आर्थिक वर्षमा नेपाली सेनाले गुल्मी–वाग्लुङ खण्डमा ३८ किलोमिटर सडक १० मिटर फराकिलो गर्ने सम्झौता भएको कार्यदले जनाएको छ।

यो पनि पढ्नुस्: धमाधम हराउँदै गुल्मीमा सडकका सिसा – आँखा चिम्लेर बस्छ प्रशासन, सबै निकाय दायित्वबाट उम्किन खोजे

सेनाले सडक चौडा पारिरहेको कामको गति हेर्दा तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न हुने देखिएको छ। करिडोरमा अधिकांश भागमा कडा चट्टान पर्ने भएकाले बम विस्फोट गराएर चौडा पार्नुपर्ने अवस्थाका कारण आफूहरूले सडक नै बन्द गराएर काम गरिरहेको प्रमुख सेनानी भट्टराईले बताए। गुल्मी–बागलुङ खण्डको ८० किमि सडक दुई वर्षभित्रै १० मिटर चौडा पारिसक्ने उनको भनाइ छ। बजेटको समस्या नभए काममा कुनै अवरोध नहुने उनले बताए।

कालीगण्डकी करिडोर पनि सरकारको प्राथमिकतामा परेका सबै सडक १० मिटर चौडा पार्ने नीतिअन्तर्गत यो सडकको स्तरवृद्धि सुरु गरिएको हो। गुल्मी–बागलुङ सडकको चौडाइ हाल आठ मिटरमात्रै रहेको छ। करिडोरअन्र्तगत पर्ने सो सडक गुल्मीतर्फ ४२ किलोमिटर र बागलुङतर्फ ३८ किलोमिटर लम्बाई रहेको छ।

२०७३ देखि ट्र्याक खुलेदेखि करिडोरमा नियमित सवारी आवागमन हुँदै आएको छ। साँघुरा मोड र दुई ठूला सवारीलाई सहज आउजाउ गर्न कठिन भएपछि स्थानीयले सडक चौडा पार्न माग गरेका थिए। कालीगण्डकी करिडोरअन्तर्गत सो सडकखण्ड हुँदै गुल्मी र वाग्लुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, वाग्लुङ, पोखरासम्म नियमित यातायात चल्छन्।

हिन्दुहरूको तीर्थस्थल मुक्तिनाथधाम र बौद्ध धर्मावलम्बीको धार्मिकस्थल लुम्बिनीलाई सीधा जोड्ने एउटै मार्गका रूपमा रहेको गुल्मी–बागलुङ सडकखण्डमा सेनाले १८ वटा साना–ठूला पुलसमेत बनाइसकेको छ। सडक चौडा पार्ने कामसँगै सेनाले कल्भर्ट, कजवे र पक्की पर्खाललगायत काम पनि गरिरहेको प्रमुख सेनानी भट्टराईले बताए। यो सडक विस्तारको काम समयमै सम्पन्न गर्न बागलुङ र गुल्मीका राजनीतिक दल तथा सामाजिक अगुवाहरू पनि सक्रिय बनेका छन्। सुनौलीदेखि कोरलासम्मको चार सय १७ किमिअन्तर्गत रहेको यो सडकले भारत र चीन दुवै देशलाई जोड्छ।

करिडोरमा नियमित सवारी चल्न थालेपछि सरोफेरोका दुई सय ३१ वडाका १० लाख ३० हजारभन्दा बढी जनसंख्यालाई बसाइँसराइबाट रोक्ने विश्वास गरिएको यो सडकको २०३९ सालदेखि नै ट्र्याक खोल्ने प्रयास गरिएको थियो। २०५७ मा हर्मिचौरमा शिलान्यास भएको कालीगण्डकी करिडोरको सडक निर्माणको कामले तीव्रता पाउने अपेक्षा गरिएको थियो। तर विभिन्न बहानामा काम ढिलो भइरहेको थियो। सरकारले २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि सडक निर्माणको कामले तीव्रता पाएको हो। २२ अर्ब रुपियाँ अनुमानित लागत रहेको यो सडकलाई सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेको छ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D