gulminews logo
बुधबार, २०८१ बैशाख १२

इन्डो नेपाल क्रिकेट प्रतियोगिता फागुन २१ देखि: गुल्मीको रुपाकोट सहित नेपाल र भारतका ३२ टीम सहभागी

बुटवल, फागुन १५ । पडरिया लुम्बिनी प्रिमियर लिग अन्तर्गत इन्डो नेपाल क्रिकेट प्रतियोगिता आगामी फागुन २१ गतेदेखि लुम्बिनीमा हुने भएको छ । आयोजक लुम्बिनी नव युवा क्लब पडरियाले शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल र भारतका गरी ३२ वटा टीमको सहभागिता रहने आयोजकले जनाएको छ । लुम्बिनी गार्डेन पडरियामा आयोजना हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष अहमद हुसेनले बताउनुभयो ।

प्रतियोगितामा नेपालको तर्फबाट भैरहवा वारियर्स, बुटवल युथ, धकधई क्रिकेट, रुपाकोट गुल्मी, कपिलवस्तु इलाभेन, जनकपुरधाम, रकइलाभेन स्याङ्जा, ग्रान्ड कस्मो लगायत १६ टीमसहभागी हुनेछन् ।

भारतको तर्फबाट गोरखपुर रेल्वे, अजमगड, देगोरिमा, वडहरगंज, उस्का, वडनी बजार, डुमारमाजन्ज, महारजगंज लगायत १६ टीम सहभागी हुनेछन् । दुई देशका खेलाडीहरु खेलमा सहभागी हुने भएपनि नेपालका खेलाडी नेपालकै टीमसँग र भारतकै टीमसँग प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल नेपाल र भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टीमले १ लाख २५ हजार र उपविजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

लुम्बिनी नव युवा क्लबले पहिलो पटक सन् २०१८ मा खेल आयोजना गरेको थियो । क्लबले अहिले चौंथो संस्करणको प्रतियोगिता आयोजना गर्दैछ । दर्शकको लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाएकोले नेपाल र भारतका दर्शकहरुको ठूलो भिड हुने आयोजक क्लबका अध्यक्ष हुसेनले जानकारी दिनुभयो । -रेडियो कान्तिपुरबाट

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D