gulminews logo
मंगलवार, २०८१ बैशाख १८

आमाले छाडिन्, बाले अर्कै बिहे गरेः आँशु पिएर बाँचिरहेका बालबालिको कारुणिक कथा !

बालबालिकाको बिचल्ली

अचेल यी तीन दाजुबहिनीको आँखामा आँशु ओभाउँदैन । बालखैमा वियोग र अभावको पीडामा बितिरहेछ, यिनीहरुको दैनिकी ।

गुल्मी घुर्कोटस्थित वाग्लाका यी तीन दाजुबहिनी मामाघरकी ७५ वर्षीया हजुरआमा हेमकुमारी घिमिरेसँग बसिरहेका छन् । आफैं सहाराविहीन भएर बसेकी हेमकुमारीले तीन जना नातीनातीनालाई पाल्नु परेको छ । कमाएर ल्याउने कोही छैनन् । न सुत्नका लागि राम्रो घर र ओच्छ्यान ! न खानेकुरा ! सुन्दै आङ जिरिङ्ग गर्ने पीडा खेपीरहेछन्, एक वृद्धा र तीन बालबालिकाले ।

जेठो मधु अहिले १२ वर्षका भए । मनिषा १० वर्षकी भइन् भने मनसुना सात वर्षकी भइन् । कान्छी मनसुना ९ महिनाकी हुँदा अर्थात् करिब ६ वर्षअघि उनीहरुकी आमा लक्षिमाले छाडिन् । बुबासँग खटपट परेपछि भारत गएकी लक्षिमा फर्केर आएकी छैनन् ।

लक्षिमा भारत गएपछि बुबा लिलाबहादुर खनाल दुई वर्षसम्म गाउँमै बसे । श्रीमती नफर्किएपछि लिलाबहादुर पनि अर्को बिबाह गरेर भारत नै गए । र, अहिलेसम्म न बुबा लिलाबहादुर घर फर्किएका छन् न आमा लक्षिमा । उनीहरुले यो अवधिमा अहिलेसम्म छोराछोरीलाई एकपटक पनि सम्झिएका छैनन् । तर, छोराछोरी भने बाआमालाई सम्झिसम्झी, घुँक्कघुँक्क रोइरहन्छ ।

बाआमाले नै छाडेपछि यि तीन बालबालिकाको बिचल्ली भएको छ । स्थिति दर्दनाक छ । न खानेकुरा, न चिसोमा लगाउने यथेष्ट कपडा । चिसोले शरीर सुनिएको छ । सरसफाई गरिदिने कोही छ्रैनन् । उनीहरुलाई धेरै पढेर ठूलो मान्छे बन्ने धोको छ । तर, स्थिति बाँच्नकै लागि संघर्ष गुर्नुपरिरहेको छ ।

आर्थिक कमजोरीकै कारण गाउँलेले यिनीहरुलाई हेप्ने गरेका छन् । नचाहिँदो आरोप लगाउनको गरेका छन् । चोरीको अभियोगमा आफूले धेरै पटक गाउँलेको कुटाइ खाएको दर्दनाक अनुभूति सुनाउँछन्, मधु ।

तीन जना नातीनातीनाका साथ बसेकी हजुरआमाको पीडा झन् भयानक छ । हेमकुमारीका दुई छोरा बच्चैमा बिते । अहिले छोरीका छोराछोरी पालेर बस्नु परेको छ । १९ वर्षअघि श्रीमान् बितेपछि एक्लो जीवन बिताइरहेकी हेमकुमारीलाई नातीनातीनाको साथ त छ, तर उनीहरुप्रतिको जिम्मेवारी निर्बाह गर्ने आधार छैन । आम्दानीको स्रोत केही छैन । दिनभर लौरो गाउँमा माग्न हिँड्छिन् । हजुरआमाले मागेर के ल्याउँछन् भन्दै नातीनातीना मुख बाएर बसेका हुन्छन् । ७५ वर्षीया हेमकुमारीको पीडाले जोकोहीको आँखा रसाउँछ ।

हेमकुरामी वृद्धा मात्रै होइनन्, विरामी पनि छिन् । उनलाई कसले उपचार गरिदिनू ? हो, बालबालिकाको बिचल्ली छ । हजुरआमाको अवस्था करुणादायी छ । बालबच्चाले अझै बाआमा फर्कने बाटो कुरिरहेका छन् । र, अहिले उनीहरुलाई सबैसँग सहयोगको याचना गरिरहेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्:

आमाको भनाई

बाआमाले छाडेपछि मामाघरकी वृद्धा विरामी हजुरआमासँग कठिनसँगै दैनिकी विताइरहका बालबालिकाको दर्दनाक यथार्थले धेरैको मन पोलेको छ । गाउँका केही मनकारी स्थानीयसमेत यिनीहरुको स्थितिबाट विक्षिप्त छन् । गुल्मी घुर्कोटस्थित वाग्लाका १२ वर्षीय मधु खनाल, १० वर्षीया मनिषा र ७ वर्षीया मनसुन बाआमाको बाटो कुरिरहेका छन् । सहाराविहीन ७५ वर्षीया हजुरआमा हेमकुमारीलाई जिम्मेवारी बहन गर्न कठिन भइरहेको छ ।

बालबालिकालाई छाडेर आमा भारत गइन् । केही समयपछि बुबा पनि अर्कै बिहे गरेर भारत गए । गाउँमा घरसमेत नभएपछि यिनीहरु हजुरआमासँग बसेका छन् । कठिनसँग मामाघरकी हजुरआमासँगै बसेका बालबालिकाको पीडा अवर्णनीय छ । हामीले भारत गएकी उनीहरुकी अमा लक्षिमा खनाललाई टेलिफोन गरेर सोधेका छौं, ‘आफ्ना बालबच्चालाई किन यसरी विचल्ली बनाएको ?’ भनेर ।

वृद्ध हजुरआमा र बालबालिकाको पीडापछि स्थानीय जनप्रतिनिधिले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय वडाध्यक्ष हिमप्रसाद पन्थीले बिचल्लीमा परेका बालबालिकालाई विद्यालयसम्मको पहुँचमा पुर्याएरै छाड्ने बताएका छन् ।

स्थानीय महिलाहरुले पनि राज्यको सेवासुविधाबाट यो कमजोर परिवारलाई बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । तत्काल यिनीहरुका बाआमा स्वदेश फर्कने छाँट छैन । खान, लाउनकै लागि तड्पिरहेका यि वृद्ध र बालबालिकाले सहयोगको याचना गरेका छन् । सहयोगी मन र हात कुरिरहेका छन् । -न्युज 24 डट कम

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D