gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अव गाउँपालिकाले नै छुट्याउन सक्ने भयो मृतकका परिवारलाई राहत ५० हजार

प्रेम सुनार
गुल्मी, साउन–९ । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् ।

आज बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृतकलाई त्यस गाउँपालिका प्रमुख मेयरसिंह पाईजाले मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत रकम दिने घोषणा गरेका छन् । त्यस्तै घाईते ६ जनालाई उपचारको अवस्था हेरेर दिने गरी ८ लाख रुपैयाँ छुट्टाएका छन् । यसबाट जनताले अव तत्काल जनताले हिजो राज्यबाट दिने भन्दा ठुलो रकम तत्काल पाउने भए भन्ने उदाहरण मिलेको छ । गाउँपालिका प्रमुख पाईजाले तत्काल वाग्लुङ्ग सिडियो संग समन्व्य गरी नेपाली सेनाको हेलिकप्टर मगाई घाईते ६ जनालाई उपचारका लागि काठमाण्डौ समेत पठाएर छिटो छरितो उद्धारको उदाहरण समेत दिएका छन् ।

आज विहान बडीगाड गाउँपालिका वडा नं ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटनामा मृत्यु हुने ४ जनाको मृत्यु भएको थियो भने ६द जना घाईते भएका थिए ।
उपचारकालागि ग्राण्डी अस्पताल पुराईएका घाईतेहरुलाई ग्राण्डीले स्थाना अभाव भनेर फर्काएपछी वीर अस्पतालमा भर्ना गरी उपचार भैरहेको श्रोतले बतायो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D