gulminews logo
शनिबार, २०८१ बैशाख १५

म राष्ट्रपतीको दौडमा छैन: पुर्वप्रधानमन्त्री खनाल

टोपलाल अर्याल
गुल्मी, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफु राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । राष्ट्रपति भन्दा पहिला पार्टीको निर्देशन अनुसार निर्वाचन निर्वाचनमा प्रतिस्प्रर्धा गर्ने खनालले बताए । पार्टी प्रशिक्षणको लागि गुल्मी आएका खनालले पत्रकार सम्मेलनमा देश र पार्टीको आवश्यकता अनुसारको भुमिका निर्वाह गर्न आफु तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको लागि नभएर पार्टीका निम्ती भएको बताए ।

त्यस्तै आफु सधै बाम एकताको पक्षमा रहेको समेत उल्लेख गरे । ‘मैले जहिल्यै बाम एकताको पक्षमा बोलेको छु । तर, ठुला शक्तिहरुनै सकरात्मक छैनन,’उनले भने,‘तर, एकताको आवश्यकतासंगै बसह र छलफल अगाडी बढ्नुपर्छ ।’

बिद्रोहको एक बर्षमै राष्ट्रव्यापी पार्टी

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिद्रोहको एक बर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको जिकिर गरे । छोटो समयमै २१ व्टा जनसंगठनसंगै नबोदित क्रान्तिकारी स्थापित हुन सुखद बिषय भएको खनालले बताए । उनले अहिले देशमा सवै पार्टीलाई सकस भएपनि नजिकैको निर्वाचनले नयाँ समाजवादी नेतृत्व खोजेको बताए ।

पार्टी एकताको लागि बैचारिक, राजनीतिक, सांगठनिक एवं सैद्धान्तिक सहमति आवश्यक भएकाले चुनाव अघि पार्टी एकिकरणको संभावना नभएको स्पष्ट पारे । ‘अहिले पार्टीहरुका बिच चुनावी तालमेल र सहयोग सम्बन्ध मात्रै संभावना रह्यो । भागवण्डाको बिषयमा आ–आफ्नै तर्क पेश भएका छन्,’उनले भने,‘चुनावी तालमेल गर्छौ ।’ खनालले नागरिकतासंग मुलुकको राष्ट्रियताको बिषय जोडिएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले सदनमा अल्पमत र बहुमतभन्दा दुरदर्शी निर्णयका लागि राष्ट्रिय सहमति गरेर अगाडी बढ्नुपर्ने बताए ।

उमेरले भन्दा क्षमताले नेता बनाउँछ

खनालले अहिले नेतृत्वमा नयाँ अनुहार जनताले खोजेको बताए । तर, उमेरसंगै योग्यता र क्षमता भएको नेता र नेतृत्व आवश्यक रहेको बताए । युवाले पद मात्रै खोज्न बल गरेर मात्रै नहुने भएकाले क्षमताको पनि विकास गरे पहिलो पुस्ता स्वभाविक रुपमा बिस्थापित हुने खनालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D