खेलकुद

बडागाँउमा भोलीबाट ३४ हजार रुपैँया पुरस्कार राशीको क्रिकेट प्रतियोगीता सुरु हुँदै

अनिश शर्मा गैरे
गुल्मी, ०४ कार्तिक । गुल्मीमा ३४ हजार रुपैँया पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगीता सुरु हुँदै छ । सप्तरङ्गी युवा क्लब मुसिकोट नगरपालिका ४ को आयोजनामा भोली सोमबारदेखी खुल्ला क्रिकेट प्रतियोगीता आयोजना गरीएको हो ।

यही कार्तिक ५ गतेदेखी ८ गते सम्म आयोजना गरीएको क्रिकेट प्रतियोगीतामा प्रथम हुने समुहले ३४ हजार १ रुपैँया नगद कप मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहने २३ हजार १ रुपैँया नगद कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । कार्यक्रमको भब्य तयारी गरीएको र भोली समयमै कार्यक्रम सुरु हुने क्लबका सचिब दुर्गा बहादुुर कार्कीले जानकारी दिए ।

कार्यक्रमको प्रथम पुरस्कार मूसिकोट नगरपालिका ३ ठुलाचौर निवासी लक्ष्मण रिजालले आफ्नी स्वर्गीय आमाको सम्झनामा सौजन्य गरेका छन भने मुसिकोट नगरपालिका ०४, पाइडाँडा निवासी कुल प्रसाद भट्टराइ र केशब भट्टराईले द्धितिय पुरस्कार सौजन्य गरेका छन् । संस्थालाइ अन्य आर्थिक रकम पनि सहयोग जम्मा भएको छ । कार्यक्रममा २० भन्दा बढी समुहले सहभागीता जनाउने अपेक्षा गरीएको कार्यक्रम संयोजक केशव कार्कीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D