खेलकुद

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि गुल्मीबाट खेलाडी छनौट गरिने

रमेश विश्वकर्मा
गुल्मी, बैशाख १४ । जिल्ला खेलकुद विकास समिति गुल्मीले प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने भएको छ ।

यो पनि पढ्नुस्: गुल्मीमा बेच्न लैजाँदै गरेको १३५ लिटर घरेलु मदिरा प्रहरीद्वारा बरामदपछी नष्ट

जिल्ला खेलकुद विकास समितिले प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि विभिन्न विधाका खेलको लागि यहि बैशाख १८ र १९ गते जिल्लाको सदरमुकाम तम्घासमा खेलाडीहरु छनौट गर्ने भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिएका छन ।

समितिले विभिन्न ६ विधाका खेलका लागि खेलाडीहरु छनौट गर्न लागेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । समितिले भलिवल महिला पुरुष, व्याडमिन्टन महिला पुरुष डबल, चेस पुरुष, तेक्वान्दो महिला पुरुष, आई.टी.एफ तेक्वान्दो महिला पुरुष र एथ्लेटिक्सको (१५०० मी. दौड महिला, ५००० मी. दौड पुरुष, एथ्लेटिक्स सटपुट महिला पुरुष) लागि खेलाडीहरु छनौट गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । छनौट प्रतियोगितामा १८ देखि ४० वर्ष उमेर समूहका खेलाडीहरु सहभागिता हुन पाउने कार्यालयले जनाएको छ ।

जिल्लामा छनौट भएका खेलाडीहरु प्रदेश नं. ५ ले आयोजना गरेको प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन जाने बताईएको छ । प्रदेश नं. ५ मा हुन लागेको प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख २३ देखि २५ गतेसम्म हुने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D