खेलकुद

पुल्चोक कपको उपाधी सिद्धवावा मावि तम्घासलाई

टोपलाल अर्याल
गुल्मी १६ भदौ । सदरमुकाम तम्घासमा जारी पुल्चोक कप फुटवलको उपाधी सिद्धवावा माध्यमिक बिद्यालयले प्राप्त गरेको छ । पुल्चोक स्पोर्ट क्लव तम्घासले जिल्ला स्तरीय माध्यमिक विद्यालय छात्रा फुटवलको आयोजना गरेको थियो ।

फाइनल खेलमा उपल्लो तम्घास माध्यमिक बिद्यालयलाई ३–० गोल अन्तरतले पराजित गदै सिद्धवावा माध्यमिक बिद्यालयले पुल्चोक कप फुटवलको उपाधी आफ्नो पोल्टामा पारेको हो । सिद्धवावा माध्यमिक बिद्यालयका तर्फवाट छात्रा अस्मिता सदाले पहिलो हाफको १७ मिनेटमै उत्कृष्ट गोल प्रहार गर्दै उपल्लो तम्घास माध्यमिक बिद्यालयको टिमलाई पछि पारेकी थिइन् । त्यस्तै खेलको ५७ औ मिनेटमा सिद्धवावाकै जुना कुवँरले १ गोल थप्दै २ सुन्यको अग्रता दिलाइन् । भने खेलको ६९ मिनेटमा पुन ः अस्मिता सदाले १ गोल थपेपछि सिद्धवावा माध्यमिक बिद्यालयले बिजयी हासिल गरेको थियो ।

सवै भन्दा धेरै गोल गर्ने र उत्कृष्ट खेलाडी, पहिलो गोल गर्ने लगाउत निरन्तर खेल अवलोकन गर्ने दर्शकलाई समेत पुरस्कार प्रदान गरिएको थियो । प्रमुख अतिथी समेत रहेका बिरभद्रजंग गुल्मका गुल्मपति जनमत बहादुर कार्की, शसस्त्र प्रहरी बल गुल्मका गुल्मपति दिनेश बहादुर रायमाझी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रोशन खड्का, रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामी लगायतले खेलाडीको हौसलाका लागि पुरस्कार सौजन्य गरेका थिए ।

उत्कृष्ट खेलाडीको रुपमा सिद्धवावा माध्यमिक बिद्यालयकी विमला बस्नेत र सर्बाधिक गोलकर्ता पनि सिद्धबाबा माविकी अस्मिता सदा भएको आयोजकले जनाएको छ ।

भदौ १३ गते बुधवारदेखि जारी छात्रा फुटवल पुल्चोक कपका लागि जिल्लाका १ दर्जन बढी बिद्यालयका खेलाडीहरु सहभागी भएको पुल्चोक स्र्पोट क्लव तम्घासका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामै पहिलो पटक माध्यमिक बिद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D