खेलकुद

न्युटन बाग्लुङ भलिवल कप २०७६ को उपाधी दिल सुनार र मान बहादुरको टोलीलाई, ७० हजार रुपैँया पुरस्कार

राम कृष्ण कंडेल
गुल्मी, फागुन २५ । न्युटन बोर्डिङ स्कुल बालुवाटार काठमान्डौको आयोजनामा न्युटन बाग्लुङ भलिवल कप २०७६ सम्पन्न भएको छ । फागुन २३ र २४ गते दुई दिन काठमान्डौंमा सन्चालित भलिवल खेलमा १६ टिमको सहभागीता रहेको नेपाल विद्यालय भलिबल कमिशनका अध्यक्ष तथा आयाेजक विद्यालयका प्रिन्सिपल रामबहादुर के.सी.ले बताऊनुभयो । के.सी का अनुसार खुला पुरूष २ ए साईड भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार ७ सय ७७ रुपैँया, द्वितिय पुरस्कार ४० हजार ४ सय ४४ रुपैँया, तृतिय पुरस्कार २० हजार २ सय २२ रुपैँया र उत्कृस्ट खेलाडीलाई ३ हजार ५ सय रुपैँया रहेको थियो ।

१६ टिम सहभागी रहेको उक्त प्रतियोगितामा न्युटनका पूर्व बिद्यार्थी एवं राष्ट्रिय खेलाडीद्वय दिल सुनार र मान बहादुर श्रेष्ठकाे न्युटन वि टिम प्रथम, गण्डकी प्रदेशका सन्जु विक्रम शाह र हाेम पुनकाे टिम द्वितीय, APF क्लबका राष्ट्रिय खेलाडी विशाल थापा र राज कुमार निराैलाको टिम तृतीय भएको हो ।

१६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेको दुई दिने प्रतियोगितामा दिल सुनार उत्कृष्ट खेलाडी छनौट हुनुभएको छ । विजयी खेलाडीलाई प्याब्सन वाग्मती प्रदेश अध्यक्ष थकिन गुरुङ र नेपाल विद्यालय भलिबल कमिशनका अध्यक्ष तथा आयोजक विद्यालयका प्रिन्सिपल रामबहादुर के.सि.ले पुरस्कार वितरण गर्नु भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D