gulminews logo
सोमबार, २०७९ श्रावण ३०

धुर्काेटमा २५/२५ हजार राशिकाे महिला – पुरूष भलिबल प्रतियाेगिता हुँदै

हुमाकान्त पाेखरेल
गुल्मी, १७ असोज । धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेकमा २५/२५ हजार राशिका महिला र पुरूष भलिबल प्रतियाेगिता हुने भएका छन। देविस्थान युवा क्लवले अाफ्नाे दाेस्राे बार्षिक उत्सव पारेर असाैज २८, २९ र ३० गते प्रतियाेगिताकाे अायाेजना गरेकाे छ । जिल्ला स्तरिय हुने उक्त प्रतियोगितामा पुरूष र महिला भलिबल दुवैकाे पुरस्कार समान राखिएकाे छ । जसअन्तरगत द्वितिय पुरस्कार १५ हजार , तृतिय पुरस्कार १० हजार राखिएकाे क्लवका सचिव कमल खत्रीले जानकारी दिए ।
प्रतियोगितालाई लक्षित गर्दै क्लवले तयारी पनि तिब्र रूपमा अगाडि बढाएकाे छ । जसअन्तरगत बुधबार सामाजिक अगुवाहरूसँग छलफल गरि विभिन्न समितिहरू गरेकाे छ । तेजेन्द्र थापाकाे संयाेजकत्वमा १० सदस्यीय अार्थिक समितिकाे गठन गरिएकाे छ । जसमा दिपक पाेखरेल, लक्षमण विक, राेमाकान्त पाेखरेल, लुम बहादुर घम, लक्षमण पाेखरेल लगायत सदस्य रहनुभएकाे छ । गाेपाल थापाकाे संयाेजकत्वमा १३ सदस्यिय ब्यवस्थापन समितिकाे गठन गरिएकाे छ । जसकाे सदस्यहरूमा तारा कुवरँ, डिल बहादुर पाेख्रेल, गाेपाल विक, भुपाल खत्री लगायत रहनुभएकाे छ । त्यस्तै राजन केसिकाे संयाेजकत्वमा ४ सदस्यीय प्रचार प्रसार समितिकाे पनि गठन गरिएकाे छ । जसकाे उपसंयाेजकमा हुमाकान्त पाेखरेल तथा सदस्यहरूमा रतन सुनार र कमल खत्री रहनुभएकाे छ । खेल साेहि स्थानमा रहेकाे कालापाेखरा खेल मैदानमा हुने अायाेजकले जनाएकाे छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D