खेलकुद

छत्रकोटमा २८ टिम सहभागी गाँउपालीका अन्तरवडा स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

कालीदास आत्रेय
गुल्मी, मंसिर २१ । छत्रकोट गाँउपालीका शिक्षा युवा तथा खेलकुद शाखा गुल्मीको आयोजनामा छत्रकोट गाउँपालीका अन्तरवडा स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

छत्रकोट गाउपालीका वडा नम्बर ३ को चिलाउने डाडा खेल मैदानमा ३ दिनसम्म सन्चालित प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो जसमा वडा नम्बर ५ खज्र्याङको मिलन श्रेष्ठ र राम केबल लोहार प्रथम, वडा नम्बर २ पल्लिकोटका चिरन्जीवि टण्डन र यम बहादुर सारु द्धितिय ,वडा नम्बर ३ हर्दिनेटाका नबिन कार्की र गिर बहादुर बुढाथोकी तृतिय र वडा नम्बर २ पल्लीकोटका राम बहादुर कंडेल र बिशाल सोमरे शान्तना भएका छन ।

समापन समारोहमा छत्रकोट खेलकुद प्रर्वद्धन समिति छत्रकोटका अध्यक्ष झक बहादुर मिदुनको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थको प्रमुख आथित्यता, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद पन्थको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोटका प्रमुख बिष्णु प्रसाद ज्ञवालीले गर्नुभएको थियो । विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D