gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीमा स्कुल सारेर फुटबल मैदान बनाईँदै: ७ हजार दर्शक क्षमता, ७५ करोड लागत अनुमान

गुल्मीन्युज
गुल्मी, २० जेठ । गुल्मीमा ७ हजार दर्शक क्षमताको फुटबल रंगशाला बन्ने भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा फुटबल रंगशाला निर्माण गर्न लागिएको अन्लाईन खबरले समाचार छापेको छ ।

यो पनि पढ्नुस्: गुल्मीमा यो बर्ष ४ खेलमैदान निर्माण हुँदै, मालिका माविको खेलमैदान अनुगमन

गत बर्षबाट निर्माणको काम थालिएको रंगशालाको निर्माणको कामले यतिबेला तिब्रता पाएको छ । नेपालका प्रथम शहीद लखन थापाको नाममा फुटबल रगंशाला निर्माण सुरु गरिएको हो ।

फुटबल रंगशाला निर्माणको जिम्मा पाएको अभियान निर्माण सेवा कालीकोटले जेठ १ गतेबाट काम सुरु गरेको छ । अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाखमा सामान्य काम भएको थियो । यसवर्ष राष्ट्रिय खेलकुद परिषदबाट बहुवर्षीय ठेक्का मार्फत साढे ६ करोड बजेट विनियोजन भएको छ ।

रंगशाला निर्माणस्थलमा बस्ती नभएपनी एउटा प्राथमिक विद्यालय रहेकाले त्यसलाई स्तानरन्तरण गर्ने तयारीमा रहेको इस्मा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हिरा जिसीले बताए ।

रंगशाला निर्माणको लागि ७५ करोड लाग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D