gulminews logo
शनिबार, २०८१ बैशाख २९

गुल्मीमा यो बर्ष ४ खेलमैदान निर्माण हुँदै, मालिका माविको खेलमैदान अनुगमन

हुमाकान्त पोखरेल
गुल्मी, २९ जेठ । जिल्लामै सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य सहित जिल्ला खेलकुद विकास समिति गुल्मीले यो बर्ष जिल्लाका चार स्थानमा ९७ लाखको लागतमा खेलकुद स्थान बनाउदैँछ । समिति अध्यक्ष कृष्ण भण्डारीका अनुसार रुरु गाउँपालिकामा २० लाखको लागतमा ‘रुरु कभर्ड हल’ निर्माण हुँदैछ ।

यो पनि पढ्नुस्: गुल्मीमा स्कुल सारेर फुटबल मैदान बनाईँदै: ७ हजार दर्शक क्षमता, ७५ करोड लागत अनुमान

त्यस्तै रुरु गाउँपालिका १ रिडीमा सात लाखको लागतमा मौलिपोखरा क्रिकेट खेलमैदान, मालिका गाउँपालिका ८ स्थित मालिका माविमा २० लाखको लागतमा खेलमैदान तथा तम्घासमा ५० लाखको लागतमा ‘जिल्ला खेलकुद विकास समिति कभर्ड हल’ बन्न लागेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

मालिका माविको खेलमैदान अनुगमन

मालिका गाउँपालिका ८ मर्भुङमा बन्दै गरेको मालिका माध्यमिक विद्यालयको खेलमैदानको अनुगमन गरिएको छ । जिल्ला खेलकुद विकास समिति तथा जिल्ला समन्वय समितिको समुहले सो खेलमैदान अनुगमन गरेको हो ।

काम इस्टिमेटअनुसार भए÷नभएको, प्रयोग गरिएका सामाग्रीहरु गुणस्तरयुक्त प्रयोग गरे÷नगरेको लगायतका बिषयमा अनुगमन गरिएको जिल्ला खेलकुद विकास समतिका कार्यालय प्रमुख डिल्लि विश्वकर्माले जानकारी दिए । स्थानीय उपभोक्ताबाटै काम पादरर्शी तथा उचित तरिकाबाट नभएको गुनासो आएपछि खेलकुद विकास समिति र जिल्ला समन्वय समितिले अनुगमनले गरेको हो । उपभोक्ता समितिमार्फत गरिएको काममा होर्डिङ बोर्ड नराखिएको तथा ढल निकासको पनि व्यवस्था नगरिएको पाइएको छ ।

अनुगमनका क्रममा अनुगमन समितिले काम समयमै सक्नुपर्ने, मैदान समतल बनाउनुपर्ने, छिटोभन्दा छिटो आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको छ । त्यस्तै उपभोक्ता समितिको नियमिति बैठक बस्ने, होर्डिङ बोर्ड राख्ने र उचित ढल निकासको व्यवस्था गर्न समितिलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति सभापति लक्ष्मण पराजुलीले जानकारी दिए ।

२०७५ फागुनबाट निर्माण सुरु भएको मालिका माविको खेल मैदान असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । कुल २० लाखमा बन्दै गरेको उक्त खेलमैदानमा पेस्किस्वरुप समितिले पाचँ लाख लिएको उपभोक्ता समिति सचिव एवम् विद्यालयका प्रध्यानाध्यापक बासुदेव अर्यालले जानकारी दिए । खेलमैदान सम्पन्न भएसँगै विद्यालयका विद्यार्थीहरुका साथसाथै गाउँपालिका स्तरका खेलकुद कार्यक्रम तथा धुर्कोट, मदाने लगायतका विद्यार्थीहरु समेत लाभाम्बित हुने अर्यालले जानकारी दिए । विद्यार्थीहरुको खेलकुदप्रतिको प्रतिभालाई प्रस्फुटन गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले खेलमैदान निर्माण गर्न लागिएको विद्यालयले जनाएको छ ।

बुधबार गरिएको अनुगमनमा जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, कार्यक्रम अधिकृत चोलराज शर्मा, पत्रकारहरु हुमाकान्त पोखरेल, डि.बि. खड्का, सुर्य सुनार लगायतको पनि सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D