खेलकुद

गुल्मीमा नवौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु

अनिल खत्री
२९ चैत गुल्मी । गुल्मीमा नवौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता गुल्मीमा सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नम्बर २ को क्षेत्रीय छनौट प्रतियोगीता मुसिकोट नगरपालिका ६ कुर्घामा सुरु भएको हो ।
क्षेत्र नम्बर १ र २ का गरी १२ बिद्यालयका बिद्यार्थीहरु बिभिन्न विधामा छनौट गरी आगामी बैशाख ८, ९ र १० गते सदुरमुकाममा हुने अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद समिति सदस्य ज्ञानहरि सापकोटाले जानबारी दिए । । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले खेल क्षेत्रको बिकासले देश र राष्ट्रको शीर उचो बनाउन सकिने बताएका छन् ।
नवौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको क्षेत्र नम्बर २ को क्षेत्रीय छनौट खेलको कुर्घामा भएको कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले खेल क्षेत्रको बिकास गर्न सकेमा देशलाइ बिश्वसामु सहज रुपमा चिनाउन सकिने बताए । हाल नेपाल पनि खेल क्षेत्रमा बिकासको फड्को मार्ने क्रममा अगाडी बढीरहेको बताए ।
उनले नयाँ नयाँ र उर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताए । स्वास्थ्यको लागि मात्र खेल नभइ समग्र बिकासको निम्ती पनि खेल खेल्नुपर्ने बताउँदै सापकोटाले मुसिकोट नगरपालिकाले खेलको बिकासको निम्ती र खोलाडी उत्पादनको निम्ती पर्याप्त रकम छुट्टाएको जानकारी दिए ।
‘हामीले खेलबाट पनि मुसिकोट नगरपालिकालाइ राष्ट्र सामु चिनाउन चाहान्छौ’ मेयर सापकोटाले भने ‘त्यसैले हरेक वडामा एक खेलमैदान र एउटा नगरस्तरीय स्टेडियम निर्माणको पहल सुरु गरेका छौ ।’ उनले खेलमैदान निर्माणको लागि जग्गा छनोटको कार्य अहिले चलिरहेको बताए ।
उद्घाटन कार्यक्रममको अवसरमा बिभिन्न दुरीका दौड प्रतियोगीताहरु, सटपुट, भलिबल र कपदी लगायतका कार्यक्रमहरु भएका छन । तीन दिन सम्म जारी रहने प्रतियोगीताबाट कपर्दी, भलिबल हाइजम्प,लङ्गजम्प, त्रिपलजम्प, ज्याबलिँग थ्रो, बिभिन्न दुरीका रिले दौड विधामा खेलाडीहरु छनौट हुने कार्यक्रमको संयोजन गरीरहेको त्रिभुवन माबि कुर्घाका शिक्षक सुकदेव रिजालले जानकारी दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker