खेलकुद

गुल्मीको कुर्घामा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न, १६ टिमको सहभागिता

सुरज भट्टराई
गुल्मी, असौज १० । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ दशै तिहारको अबसर पारि कुर्घा मालिका युवा क्लवद्वारा आयोजित साबिकको वडास्तरिय भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

कुर्घामा अबस्थित गुल्मीको धार्मिक तथा पर्यटकिय स्थल मालिका मन्दिरको खेलमैदानमा आश्विन ७ देखीआयोजित भलिबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको थियो । जसमा आयोजक कुर्घा मालिका युवा क्लवले प्रथम स्थान हासिल गरेको थियो भने सिर्जनशिल युवा क्लव गुन्धराले दित्तीय स्थान हासिल गरेको थियो प्रतियोगितामा प्रथम हुनेले १५ हजार बराबरको बोका मेडल र प्रमाणपत्र र दित्तीय हुनेले १२ हजार बराबर को बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

फाईनल प्रवेश गर्ने टिमलाई पन्चेवाजा सहित मालिका मन्दिर परिसरमा अतिथिहरूको साथमा परिकर्मा गराई सम्मान गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D