खेलकुद

गुल्मीका तीन खेलाडी प्रदेश सरकारबाट सम्मानित

हुमाकान्त पाेखरेल
गुल्मी, ०६ साउन । ५ नम्बर प्रदेशकाे सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न विधाका उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेकाे छ । आइटिएफ, तेक्वान्दो, क्रिकेट, कराँते लगायतका खेलकुद विधाका खेलाडीहरूलाई सम्मान गरेकाे हाे । जसमध्ये गुल्मीका तीन खेलाडीहरू सम्मानित भएका छन् ।

खेलाडीहरूलाई ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नगद २५ हजार सहित प्रशंसा पत्रले सम्मान गरे । अाई.टि.एफ. तेक्वान्दो विधामा चन्द्रकाेट गाँउपालिका १ दिब्रुङका नवराज खरेल र रूरू गाँउपालिका ४ बलेटक्सारका भुवन श्रेष्ठ सम्मानित भएका छन् । भने क्रिकेटतर्फ गुल्मीको सत्यवति गाँउपालिका जुहाङ्गका सागर ढकाल सम्मानित भएका हुन् ।

खरेल विगत १५ बर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने खेदकुद प्रतियाेगितामा सहभागी हुँदै आएका छन् । उनी आगमी भदाै ८ देखि १४ सम्म बुल्गेरियामा हुने विश्व च्याम्पियन सिपमा नेपालकाे तर्फबाट सहभागी हुँदैछन् । खरेलले गुल्मीमा २०६६ देखि ०७० सम्म पाँच बर्ष तेक्वान्दो खेलकाे प्रशिक्षककाे भुमिका निर्वाह गरेका थिए । हाल उनी ५ नम्बर प्रदेशकाे प्रादेशिक तेक्वान्दो संघका महासचिव तथा रूपन्देही जिल्ला प्रमुखको रूपमा कार्यरत छन् ।

तेक्वान्दो तर्फबाटै पुरस्कृत हुने श्रेष्ठले गत वैशाखमा सम्पन्न मुख्यमन्त्री कपमा स्वर्ण पदक जितेका थिए । उनी विगत पाँच बर्षदेखि खेलकुद क्षेत्रमा संग्लग्न छन् । त्यस्तै क्रिकेट खेलतर्फबाट सम्मानित हुने ढकाल पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदमा सहभागी हुने गर्दछन् । यहि असारमा मलेसियामा भएकाे क्रिकेट खेलमा पनि सहभागिता जनाउनुका साथै वंगलादेश, भारत लगायतका देशमा भएका क्रिकेट खेलमा सहभागी हुँदै आएका छन्

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D