खेलकुद

उनयचौरमा वडास्तरिय फुटवल प्रतियोगित सम्पन्न

१३ जेठ, गुल्मी । गुल्मीमा वडा स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को आयोजनामा उनायचौरमा सम्पन्न भएको हो । प्रतियोगितामा ५ समुहले भाग लिएका थिए । प्रतियोगितामा भुजेलखर्क ए र बि क्रमस प्रथम र द्धितिय भएका थिए ।

प्रतियोगितामा प्रथमले रु १० हजार द्धितियले ७ हजार पुरस्कार सहित कप मेडलको व्यवस्था गरिएको थियो । फुटवल प्रतियोगिताको उद्धघाटन रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले गरेकी थिइन् ।

उनले नेपालमा पछिल्लो समय खेल क्षेत्रमा फडको मार्दै जान थालेको बताइन् । नगरपालिकाले पनि बिभिन्न खेलकुद क्षेत्रमा प्रोत्सहन स्वरुप नयाँ योजनाहरु ल्याउने बताइन् । उद्धघाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेय,वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले युवाहरुलाई खेल क्षेत्रमा उत्साह जगाउने उदेश्यले खेल आयोजना गरिएको बताए ।

नगरपालिकको वडा नम्बर ७ को उनाय चौरमा रहेका खेल मैदानलाई स्तर उन्नती गरि नियमितरुपमा खेलकुद आयोजना गर्ने गरि योजना ल्याउने तयारी गरिरहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष कृष्ण भण्डारी, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसाल, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल,पूर्व अध्यक्ष जनार्दन घिमिरे,वडा नब्बर ७ का वडा सचिव कृष्ण पन्थी, वडा सदस्य रघु पन्थी ,वडा नम्बर ७ का काँग्रेसका वडा सभापति देबबहादुर थापा,लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थ,लगायतको सहभागितामा खेल सम्पन्न भएको. खेलकुद समिति संयोजक मनोजकुमार पन्थीले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी युवराज मरासिनीले गरेका थिए।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D