खेलकुद

इस्मामा प्रजातन्त्र दिवसको रौनक: जनप्रतिनिधी र कर्मचारीबिच मैत्रीपूर्ण फुटवल

टोपलाल अर्याल
गुल्मी, ७ फागुन । इस्मा गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण फुटवल प्रतियोगीता सम्पन्न भएको छ । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधीबिचको मैत्रिपूर्ण फुटवल प्रतियोगीताको आयोजना गरिएको थियो ।

प्रतियोगीतामा कर्मचारीले ४ र जनप्रतिनिधीले १ गोल गरेका थिए । खेलको पहिलो हाफमै कर्मचारीको तर्फबाट पारस भुसालले ४ गोल गरेका थिए । भने जनप्रतिनिधीको तर्फबाट वडा नं २ का वडाध्यक्ष टिका बहादुर रेश्मीले १ गोल गरेको रेफ्रि गोकर्ण थापाले बताए । नेपाली कांग्रेसका इस्मा गाउँ सभापति चन्द्र बहादुर महतले खेलाडीलाई फुटवल हस्तान्तरण गरेर मैत्रीपूर्ण फुटवल प्रतियोगीताको शुभारम्भ गरेका थिए ।

प्रजातन्त्र दिवसको अवसरमा इस्मा गाउँपालिकाले प्रभातफेरी तथा गाउँपालिका परिसरमा सरसफाई समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

गाउँपालिका प्रमुख, उपप्रमुख, सम्पूर्ण जनप्रतिनिधी, राजनैतिक दल कर्मचारीहरुको उपस्थितीमा प्रभातफेरी र सरसफाई गरिएको थियो । प्रभातफेरी, सरसफाई र मैत्रीपूर्ण फुटवलसंगै मञ्चको कार्याक्रम गरिएको थियो । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नं ३ का वडाध्याक्ष तोेयनाथ सापकोटाले प्रजातन्त्र दिवसको सान्दर्भिकताको बारेमा प्रकाश पारेका थिए । त्यस्तै नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति चन्द्र बहादुर महतले प्रजातन्त्र दिवसलाई कम महत्व दिएको पछिल्लो परिपाटी प्रति दुख व्यक्त गरे । उनले प्रजातन्त्रको प्राप्त गर्नको निमित्त धेरै जनाको त्याग तपस्या र बलिदानी रहेकाले सवैले यसको आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानीले प्रजातन्त्र र गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले अबको लडाई राजनैतिक मुद्धाको लागि नभएर समृद्धिको लागि मात्रै भएको बताए । त्यस्तै उपप्रमुख बिमला खत्रीले सत्तापक्ष र प्रतिपक्षबिचको साथबाट मात्रै नेपाल समृद्ध बनाउन सकिने बताइन् ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गाउँगाउँमा सिहं दरवारको अनभुति नै प्रजातन्त्रको उपलब्धि भएको बताए । ‘२००७ सालमा प्रजातन्त्र नआएको भए नेपालीको चेतना ५० बर्ष धकेलिने थियो,’उनले भने,‘यो दिनको अवमुल्यन भए इतिहासले श्ररापने छ ।’ कार्यक्रम प्रमुख प्रशासकीउ अधिकृत चन्द्रकान्त बस्नेतको स्वागत तथा नारायण महतको संचालनमा सम्पन्न भएको थियो ।

गाउँपालिकाले दिवसकै अवसरमा गाउँपालिका स्तरिय वकतृत्वकला प्रतियोगीताको समेत आयोजना गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D