गुल्मीको रेसुङ्गा बिमानस्थलमा तारा एयरको बिमानले सफल परिक्षण उडान गरेको छ । सफल परिक्षणपछि जहाजको प्रतिक्षामा एक दशक बिताएका गुल्मेली निकै खुसी भएका छन् ।
शुक्रबार दिउँसो तारा एयरको ९ एन-एकेएल बिमानले सफल परिक्षण गरेको थियो । बिहान आठ बजेबाट बिमानको प्रतिक्षामा रहेका गुल्मी र अर्घाखाँचीका स्थानीयले बिमान चालक क्याप्टेन सन्तोष शाह, प्रभाकर प्रसाद घिमिरे, पुर्व क्याप्टेन डिआर निरौला सहितको टोलीलाई पञ्चेबाजासहित फुलमालाले स्वागत गरेका थिए ।
हेरौँ रबिलाल पौडेलले खिचेको भिडियो: