गुल्मीको एउटा यस्तो “ठग” जो जेल पर्दै निस्किदै फेरी ठग्दै गर्छ

गुल्मी, फागुन १० । बारम्बार ठगी लगायतका अपराध गर्दै जेल पर्दै गरेका गुल्मीका एक युवा फेरी ठगी आरोपमा पक्राउ परेका छन् ।

नक्कली इञ्जिनियर बनेर ठगी गर्दै हिँड्ने गर्दा गुल्मीका २८ बर्षिय महेन्द्र सुनार पक्राउ परेका हुन् । ठगी मुद्दामा जेल सजाँय कटाएर निस्केको एक महिनामै अर्को ठगी धन्दा सुरु गरेका मुसिकोट नगरपालिका वडा नम्बर–५ आँपचौरका सुनारलाई गुल्मी प्रहरीले पक्राउ गरेको हो ।

पछील्लो पटक सुनारले नक्कली ईन्जिनियर बनेर ठग्ने गरेको जानकारी पाएपछी उनलाई पक्राउ गरेर मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।

सुनारले आफू पुन:र्निर्माण प्राधिकरणको इञ्जिनियर हुँ, भूकम्प पिडितहरुका घरहरु मुल्याङकन गर्न आएको हुँ भन्दै स्थानीय एक होटलमा बस्दै आएका थिए भने गाडी भाडामा लिएर हिँड्ने गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार सुनारबिरुद्ध मुद्धा दर्ता गरेर कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

सुनारले यस अघी बडागाउँमा गोठमा बाँधेको भैसी राती चोरी गरी काटेर बेचेका थिए । त्यस चोरी मुद्धामा उनले डेढ बर्ष जेल सजाय पुरा गरी निस्केका थिए ।

जेलबाट निस्केको केहि समय पछि नै वामीटक्सार बजारमा ‘मोवाइल पसल खोल्ने साहु हुँ,’ भन्दै धेरै जनासँग ठगी गरे पछि त्यहाँका वजारवासीले बाँधेर कालोमोसो दलेर बजार परिक्रममा गराउँदै प्रहरीलाई बुझाएका थिए । पछील्लो पटक भने उनले नक्कली ईन्जिनियर बनेर ठगी गरिरहेका थिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ