gulminews logo
शनिबार, २०८१ बैशाख १५

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने गुल्म्निका दुई जना पक्राउ परेका छन् । प्रहरीले उनिहरुलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेको प्रहरीले जनाएको छ । ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D