गुल्मीको काली गण्डकी गाउँपालिकामा २ वटा सार्वजनिक शौचालय निर्माण थालियो

प्रकाश छन्त्याल
गुल्मी, चैत १५ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र कालीगण्डकी गाँउपालिका ७ गुल्मी धुवाँखोलाको संयुक्त आयोजनामा सार्बजानिक शौचालय निर्माण कार्य शुरु गरिएको छ ।

कालीगण्डकी गाँउपालिकाद्धारा बिनियोजित २ लाख, पश्चिम नेपाल खानेपानीको तर्फ बाट २ लाख गरि जम्मा ४ रुपैंया बराबरको लगानीमा सार्बजानिक शौचालय निर्माण गर्न थालिएको हो ।

त्यस्तै कालीगण्डकी गाँउपालिका वडा नं ७ छापचौरमा पनि गाँउपालिकाको बिनियोजित २लाख ७० हजार रुपैंया बराबरको सार्बजानिक शौचालय निर्माण गर्न शुरु गरिएको छ । साथै कालीगण्डकी गाँउपालिका वडा नं ७ का वडा सदस्य गोम बहादुर गुरुङको नेतृत्वमा सृजना आमा समुह धुवाँखोला र तमु युवा क्लब धुवाँखोलाले प्रत्यक हप्ताको शुक्रबार र शनिबार टोल,धारो पधेंरा,चोक चौतारी,बाटोघाटो सरसफाई गर्ने अभियान पनि संचालन गर्ने गरेको चिन्ता राम पुनले जानकारी गराए ।

सरसफाई कार्यक्रम अन्तरगत पलास्टिक जस्ता नकुहिने बस्तु जलाउने र सडने कुहिने बस्तुलाई प्राङगारिक मलखादमा सदुपयोग गरिदैं आएका छन ।
सरसफाई तथा निर्माणको कार्यक्रम कालीगण्डकी गाँउपालिका वडा नं ७ भरि नै समग्र रुपमा संचालन गरिएको कालीगण्डकी गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष लोक प्रताप शाहले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D