अग्लुङ्गको घडेरीमा पुग्यो जीप

सुर्य प्रसाद खनाल
गुल्मी | विहानको १० बजी सक्दा अग्लुङ्गका घडेरीबासीहरु हर्ष उल्लासका साथमा माला लिएर उभिएका थिए । लाग्यो ठुलै पर्व थियो । उनिहरु खुसि हुनको कारण रहेछ “मोटर बाटो” । आज त्यसको उदघाटन रहेछ । स्थानिय वडा नागरिक मन्चका पूर्व संयोजक भुपाल मल्लले भन्नुभयो “मैले पटक पटक यस बाटोका लागी गा.वि.स.मा उठाउदा पारी घडेरिमा बाटो जान अझ १० बर्ष लाग्छ भनेर खिसिट्यिुरि लाउथे । चुनावको वेला माननीय गोकर्ण आएर पनि यस बाटोको कुरा गरिरहन्थे तर बाटो आएको थिएन । आज नेपाली काँग्रेसका गुल्मी पाटी सचिव खिलध्वज पन्थी र स्थानीय नेता शुसिल चन्दले गर्दा आज यहा मोटर आयो । यहि खुसि मनाउदै छौ ।

तर त्यहि खुसिमा एक जना वृदा रोइरहेकी थिइन । उनको उत्तर थियो “यिनी त हर्षका आसु हुन ।” बाटोका लागी मेरा श्रीमानले पहल गर्नुभएको थियो । आज उहा हुनुहुन्न अझ तिन बर्ष बाचेको भए घरै बाटो आएको देख्नुहुने थियो । उहाको सपना आज पुरा भएको छ । यो सुशिल बाबु र खिलध्वज बाबुलाई त मेरा आसिकै लागुन ।

केहि क्षणमै कार्यक्रम सुरु भयो । कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका सचिव खिलध्वज पन्थी हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथि क्षेत्रीय सभापति भगत सिंह खड्का , ने.वि.संघका केन्द्रिय सदस्य शुर्दसन खनाल त्यस्तै पूर्व गाविस अध्यक्ष भगवता चन्द , ने.वि.संघका जिल्ला सदस्य सुर्य खनाल, हुमा पोख्रेल लगायतको उपस्थिती थियो ।

वाटो उपभोक्ता समितिले पत्रचार गरेतापनि ने.क.पा. एमालेका नेताहरु त्यहा कोहि पनि उपस्थित भएका थिएनन । यसै विषयमा दुख ब्यक्त गर्दै पूर्व गाविस अध्यक्ष भगवता चन्दले भन्नुभयो । “यो विकास यहाका जनताको भएको र यसरि जनताले पत्रचार गर्दा समेत नआउने ?” उहाले आक्रोस ब्यक्त गर्दै भन्नु भयो “हिजो चुनावमा एमाले लाई यहाका जनता चाहिने तर अहिले विकासको यो खुसियालीमा खवर गरेर पनि उपस्थीत नहुनेलाइ अव यो गाउमा भोट माग्न आउने कुनै आधार छैन ” ।

स्थानीय गोपाल चन्दले आफुलाई यो भन्दा अरु खुसि जीवनमा कहिले नहुने बताउनु भयो । मैले यहा यसरि बाटो आउला र गाडी चढौला भन्ने सोचेको थिइन तर आज मेरो गाउमा बाटो आयो । यसरि हाम्रो खुसिमा साथ नदिने नेताहरुलाइ अव आफुले जीवनमा सहयोग नर्गने समेत बताउनुभयो । साथै यसरि हाम्रो गाउमा विकास ल्याउने नेपाली काँग्रेसका सचिव खिलध्वज पन्थीलाई र अग्लुङ्ग पाटी सभापति सुसिल चन्द लाइ भरपुर सहयोग गर्ने समेत बताउनु भयो ।

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शुदर्सन खनालले विकासले कसैको हानी नगर्ने कुरामा जोड दिदै पत्रचार गर्दा समेत जनताको खुसिमा साथ नदिने प्रति दया लागेको समेत बताउनु भयो । “यो बाटो मात्र नभएर यँहाको सवै विकासको कोसेढुगां हो । त्यस्तै यहाका स साना बालबालीकाको भविष्यको आधार समेत हो ।”
नेपाली काँग्रेस गुल्मीका क्षेत्रिय सभापति भगत सिंह खड्काले नेपाली काँग्रेसले जनताको अभावलाई हेरेर टुलुटुलु बस्न नसक्ने बताउनु भयो ।

साविक क्षेत्र नम्बर ३ का निस्ती पारी र पनाह पारिका ठाउमा भुगोलले मात्र नभई विकासमा पनि ठगिएका छन भन्ने तथ्यलाई मनन गर्दै हामिले हाम्रा अधिवेसन पश्चात मलागीरी , पूर्काट दह , भनभने , वाग्ला , नेटा लगाएतका ठाउमा सडक , खानेपानी , सिंचाई, विद्युतिकरण लादी कामका लागी पहल गरेको बताउनु भयो ।“यो सडकले यहाको विकास अघि बढ्ने छ । यसको र उसको नभएर यो सवैको हो । ”

प्रमुख अतिथी खिलध्वज पन्थीले तानसेन देखि तम्घास सम्म मोटरबाटो ल्याउने वैकुण्ठ बहादुर चन्दलाई स्मरण गर्दै भन्नुभयो , “उँहाको गाउमा आएर वाटोको उदघाटन गर्न पाउनु मेरो लागी गर्वको कुरा हो । हामी सत्य बोल्छौ जसरि आज घडेरि बासीको मोटर चडने सपना पुरा भयो त्यसै गरि हाम्रो मोटर चढने सपना वैकुण्ठ चन्दको कारण भएको हो ।” उहाले थप्नुभयो,“ यहाबाट पटक पटक चुनाव जितेका सांसद र मन्त्रीले यहाका जनताका लागी भन्दा आफ्नै लागी बढि सोँचे दुई दशक समय सम्म बामपन्थी नेता कसैले यहाको सडकको अभाव देखेनन तर आज २२ बर्षको एउटा जवान सुसिल चन्दको पहलका कारण आज यहा मोटर आयो । सडक सवैको साझा हो उदघाटनमा नआएपनि कृपया यो सडक सवैले उपयोग गर्नुहोला यो बाटोले कसैलाई विभेद गर्दैन ।”उक्त कार्यक्रम सोहि बाटो उपभोतmा समितिका अध्यक्ष पूर्ण वहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D