सागर भण्डारी
गुल्मी । मुसिकोट नगरपालिकाको वडा नं २ स्थित तिरतिरे लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य धमाधम अगाडी बढेको छ । मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत जिल्ला खानेपानी आयोजनाको झण्डै ३९ लाख बजेटमा १९ महिना अघीदेखि निर्माण शुरु भएको आयोजनाको अहिले ट्याङ्की बाध्ने काम सम्पन्न भईसकेको छ भने पाईपलाईन बिच्छ्याउने काम चलिरहेको नेपाल कम्यूनिष्ट पार्टी नेकपा मु.न.पा.वडा नं २ का अध्यक्ष मदनदीप घिमिरेले जानकारी दिनुभयो ।
उक्त परियोजना सञ्चालनका लागि एउटा मुहानमा र एउटा तीनपोखरीमा ट्याङ्की निर्माणको काम सम्पन्न भईसकेको छ । आयोजनाबाट स्थानीय ९४ घरधुरी लाभान्वित हुनेछन् । अहिले जलकुलेश्वरपाटा लिफ्ट खानेपानीको उपभोग गरिरहेका ८० घरधुरीलाई प्रयाप्त रुपमा खानेपानीको पहुँच पुग्नेछ भने खानेपानीको अभाव भोगेका अन्य १४ नयाँ घरधुरी भने यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
खानेपानीको समस्या भोग्दै आएका मुसिकोट नगरपालिका वडा नं २ अन्तर्गत पात्लाकोट, भेँडीचौर, भुर्मलीटोल र कुखुरापोलका स्थानीयहरु आयोजना सञ्चालनमा आएपछि खानेपानीको समस्याबाट मुक्त हुने वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिनुभयो । अहिले निर्माणको काम तीब्र गतिमा अगाडी बढेकाले अबको ४ महिनाभित्र खानेपानी सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
आयोजना अन्तर्गत दुई वटा भण्डारण ट्याङ्की निर्माण गरिएको छ । मुहानबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घरघरमा बितरण गरिनेछ । नगरपालिकाले यस आर्थिक बर्षको अन्त्य सम्म २ हजार घरधुरीमा खानेपानी धारा पुराउने लक्ष्य राखेको छ । जसअन्र्तत अहिलेसम्म ६ वटा खानेपानी योजना सम्पन्न भई सकेका छन भने १२ वटा योजनाहरु सम्पन्न हुने चरणमा रहेका छन । पाँच बर्षे कार्यकाल भित्र नगरवासीमा एक घर एक धारा पुराएरै छाड्ने नगर कार्य समितिको अठोट रहेको छ ।