गुल्मी, कात्तिक १० । गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ ।
तम्घासको बसपार्क क्षेत्र, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको थाहा खबर डट कमले खबर छापेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।
खड्काले पटका पड्काउने र रातको समयमा हो-हल्ला गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दाबी गरे ।