Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा उपभोक्ता आफैले डिप बोरिङबाट खानेपानी निकाले, मेयरले उद्घाटन गरे - Gulminews

गुल्मीमा उपभोक्ता आफैले डिप बोरिङबाट खानेपानी निकाले, मेयरले उद्घाटन गरे

अनिल खत्री
५ असार, गुल्मी । खानेपाीको समस्या भएपछि डिप बोरिङ्गबाट गुल्मीको सदरमुकाम तम्घास खानीगाउँका बासीन्दाले खानेपानीको समस्या समधान गरेका छन् । जमिनमुनीको पानी पम्पीङ्ग प्रविधी मार्फत निकालेर रेसुङ्गा नगरपालिका १, २, ३ ८ र ९ नम्वर वडासम्म ३ सय ५२ घरधुरीलाई खानेपानीको समस्या समधान गरेको हो ।

खानीगाउँ खानेपानी उपभोक्ता समितिले खानीगाउँमा भुमिगत जलश्रोत डिप बोरिङ्ग प्रविधी मार्फत निकालिएको पानीको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच सुभारम्भ गरेका हुन् ।

नगरको वडा नम्वर ८ बसपर्कबाट ६ ईञ्चको पाईप मार्फत ट्याङकीमा राखिएको पानी वितरण गर्न एक कार्यक्रम राखिएको खानिगाँउ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बालसिंह काउछाले बताए । अहिले खानेपानीको अभाव समधान गर्न सफल भए पनि स्थाई समधानका लागि मझेङ्ग खानेपानी योजनाको काम अगाडी बढाई रहेका अध्यक्ष काउछाले बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सबैको सक्रियतामा छोटो समयमै खानेपानीको समस्या समधान गर्न सकेको प्रति खुशी ब्यक्त गरे । उनले सदरमुकाम भित्रको खानेपानीको दिर्घकालिन समस्या समधानका लागि केन्द्र सरकारसंग आफुले पहल गरि झण्डै एक अरवको लागतमा मझेङ्ग खानेपानी योजना सुरु गरिएको बताए ।

पानी बतिरण कार्यक्रममा रेसुङ्गा नागरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले खानेपानीको समस्याले काकाकुल भई रहेका खानीगाउँवासीका लागि जमिनको पानी बाहिर निकालेर ट्याङकी सम्म खसाल्न सफल हुनुलाई उत्सवका रुपमा लिएको बताए । उनका अनुसार भगवती मन्दिरको ट्याङकीमा दैनिक २ लाख लिटर पानी संकलन हुन्छ । उक्त योजना ५ नम्वर प्रदेश सरकारको भौतिक पुर्वधार मन्त्रालयबाट परेको २५ लाख लागमा सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर कमल पन्थले बताए । वडाध्यक्ष भलामीका अनुसार उक्त भुमिगत जल खानेपानी योजना संरक्षणका लागि नगरपालिकाले २१ लाख रकम छुट्टाएको बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्यले यो प्रविधी राम्रो भएको र ल्याव टेष्ट गर्दा पानी शुद्ध र पिउन योग्य भएको जानकारी दिए । कार्यक्रममा उक्त योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका निभाएका डिभिजन प्रमुख उपध्या, ईन्जिनियर पन्थ , अर्का ईन्जिनियरद्धय प्रकाश न्यौपाने र हिराबहादुर भलामी लगायतलाई सम्मान गरिएको थियो ।

नगरपालिका वडा नम्वर ९ उपल्लो तम्घासमा पनि एक महिना अघि २५ लाख रुपैयाँकै लागतमा भुमिगत जल खानेपानी योजना सम्पन्न गरि वडावासीको खानेपानी समस्या समधान गर्न सकिएको त्यस वडाका वडाध्यक्ष नारायण बरालले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D