gulminews logo
शनिबार, २०८१ बैशाख ८

७५ बर्षका बृद्धबृद्धा भत्केको घरमा मृत्‍यु कुर्दै: २ छोराछोरीलाई दैबले लाग्यो, एउटी छोरी मानसिक सन्तुलन गुमाएर कहाँ छिन् थाहा छैन

गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थित उल्लिखोलामा एउटा भुकम्पले भत्काएको सानो घर छ । त्यसैमा बस्छन् ७४ बर्षिय वासुराम भण्डारी र उनकी श्रीमती गुण्टुनी भण्डारी । शारिरिक रुपमा अशक्त गुण्टुनी भित्र बाहिर गर्न पनि सक्ने अवस्थामा छैनन् । ७४ बर्षिय वासुदेब पनि जहाँ बस्यो त्यहीँ दम बढेर स्वाँ-स्वाँ गर्न थाल्छन् । उनिहरुको साहरा एउटा लठ्ठी बाहेक केही पनि छैन । पिडैपिडामा बाँचेका यि दम्पतीलाई नियतिले पनि यती सम्म ठग्यो कि कसैले कल्पना सम्म पनि गर्न सक्दैन ।

यो पनि पढ्नुस्: सुन्दै अचम्म गुल्मीको एक गाउँ जहाँ रोप्दै नरोपी बर्षेनी ५०० मुरी सम्म फल्छ आलु, यसो भन्छन् किसान (भिडियो)

१ छोरा, २ छोरी जन्माएका यि दम्पतीलाई अहिले भने पानी माग्दा दिने सम्म कोही छैनन् । जिन्दगीको साहरा एक छोरा र छोरीलाई दैबले चुँडेर लग्यो । बाँकी १ छोरीको पनि मानसिक सन्तुलन गुमेको छ । उनी अहिले कहाँ छिन्, कस्तो अवस्थामा छिन् उनिहरुलाई नै थाहा छैन ।

न बस्ने गतिलो बास छ । न खाने खाना नै छ । सम्पत्तिको नाममा दुई वटा खाट, फाटेका दुई जोडी लुगा र आधी देक्ची चामल बाहेक उनिहरुसँग केही छैन । बृद्द भत्ताको भरमा जिन्दगी काटिरहेका यि दम्पतीहरुको आफ्नो भन्नु यो संसारमा कोही पनि छैन । कहिलेकाहीँ ठुलै अप्ठेरो पर्दा छरछिमेकीहरु मिलेर सहयोग गर्ने गरेका छन् । तर शारीरिक रुपले अशक्त गुण्टुनी र दमा रोगले ग्रस्त वासुदेबलाई तातो पानी तताएर खान दिने पनि कोही छैन । निभेको चुलो र भत्केको घर देख्दा सबैको मन रसाउँछ ।

हेरौँ रबिलाल पौडेलको सहयोगमा तैयार पारीएको यो भिडियो रिपोर्ट:

यि दम्पतीको पिडा देख्दा कस्को मन नरोला? उहाँहरुलाई सहयोग गर्न चहानुहुन्छ भने साईन रेसुङ्गा बैंकमा रहेको बासुदेब भण्डारीको आफ्नै खाता नम्बर 01100700066695000002 मा सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ । जिन्सी सहयोग गर्न चाहनुहुन्छ भने पनि उहाँहरु रहेको घरमा सहयोग पुर्याईदिन सक्नुहुनेछ । यदी आर्थिक वा जिन्सी सहयोग गर्ने अवसर मिलेन भने पनि कृपया यो पोस्टलाई शेयर गरेर सहयोग पुराईदिनुहोला ।

Beneficirary: Bashudev Bhandari
Bank acc: 01100700066695000002
Shine Resunga Developement Bank
Johang Branch

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D