gulminews logo
शनिबार, २०८१ बैशाख १५

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्याल
गुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय स्तरबाट करोडौका काम भएका छन । चाहे त्यो शिक्षा, स्वास्थ्य वा पर्यटन । अहिले गाउँ बिग्रिएका छन् । मान्छेका सोँचहरु राज्य केन्द्रित भएका छन् । तर, भार्से छोडेका वा गाउँमै बसेका सवैले गाउँको विकासमा देखाएको चासो निकै महत्वपूर्ण छन् । अनेक बाध्यताले गाउँ छोड्नेहरु सोचे जस्तो बाहिर हुने बित्तिकै नर्फकने गर्छन् । कैयौलेले पढ्न, धन दौलत कमाउँछन् । तर, आफ्नो गाउँ र समुदायमा खर्च गर्ने मनकारी कम हुन्छन् । देशमा बिरै पात्र मध्येका मनका धनी व्यक्ति हुन् ।

लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी । उनले गाउँ छोडेका बर्षौ भए । तर, गाउँको माया मुटुमा साँचेका छन् । बुढाथोकीले गाउँको विकासका लागि गरेका कामको फेरेस्त बताएर साध्ये छैन् । त्यो मध्येको भार्सेको इतिहास देखाउने सृजनात्मक काम भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका छन् । उनले आफ्नै करिव ३५ लाखको लगानीमा भवन निर्माण गरेर भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरुको फोटो र इतिहासको लागि गोर्खा ग्लालरी स्थापना गरेका हुन् । ग्यालरीमा अहिलेसम्म एक जना जिवित र २४ जना दिवंगत व्यक्तिहरुको तस्विर र संक्षिप्त विवरण राखिएको छ । जसमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्ण बहादुर रानादेखि भारतिय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्विर राखिएको छ । उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेको थिए ।

लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकीका बुवा मोति बहादुर बुढाथोकी पनि विश्वयुद्ध लडेका थिए । विश्वयुद्ध लडेका २५ जना मध्ये ९८ बर्षीय बहादुर आले जिवित छन् । लेफ्टिनेन्ट बुढाथोकीले आफ्नो बुबासहित भार्सेली पुर्खा, इतिहास र पहिचानको लागि ग्यालरी स्थापना गरिएको बताए । ‘नेपाल र बाहिर भार्सेका कैयौ व्यक्तिले काम गरेर नाम कमाएका छन् । त्यो भार्सेको मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण कुरा हो,’बुढाथोकीले भने,‘मैले पनि इतिहास जोगाउने प्रत्यन गरेको हुँ ।! योसंगै तत्काल गोर्खा फोटो ग्यालरीको योजना रहेको छ ।

यसमा सवै भार्सेली भारतीय, बिर्टिस र नेपाली सेनाहरुको फोटो राखिने छ । गोर्खा ग्यालरीको एउटा तस्विरको मुल्य ३० हजार रहेको छ । भार्सेकै सुजना श्रीसले पेन्सिल आर्ट मार्फत आर्कषक फोटा बनाएकी छन् । कुल बहादुर बुढाथोकीले पर्यटकीय बौद्ध स्तुपाको निर्माणको नेतृत्व आफैले गरेका छन् । स्तुपाको फाउण्डेशनसहितका महत्वपूर्ण काम भएको छ । स्तुपासंगै सेल्फी स्र्पोट बनाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D