gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीकी संगिता छोरा सहित कहाँ गएकी होलिन् ? श्रीमान् मिडियामा आएर सन्तोष देउजासँग यस्ता कुरा खोले

एकै बर्ष एउटै गाउँमा जन्मे, गाउँकै तल माथी घर, एउटै स्कुल मात्र हैन एउटै कक्षामा पढे । पढ्दै गर्दा प्रेममा परे, परिवारले नदिएपछी भागेर बिहे गरे । श्रीमान भियतनाममा सेफको रुपमा कार्यरत थिए, श्रीमती बुटवलमा आफ्नै सानीमाको घरमा बस्दै आएका थिईन् । श्रीमान्को कमाई राम्रै थियो, श्रीमती छोरालाई राम्रै स्कुल पढाउने भनेर बुटवलमा खुशी साथ बसेकी थिईन् । श्रीमान् बिदेशबाट फर्केको केही दिनमै श्रीमती एकाएक हराईन् ।

पर्सिपल्ट उनको आफ्नै बहिनीको बिहे पनि थियो, २ दिन पछी रहेको आफ्नै बहिनीको बिहे पनि किन कुरिनन् होला उनले ?

हेरौ कपुरबोटका संचालक सन्तोष देउजासँग उनका श्रीमानले गरेको कुराकानी:

रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D