gulminews logo
शनिबार, २०८१ बैशाख १५

२ महिनामै घर–घरमा खानेपानी पुग्यो, थुमबासी भन्छन्: जुनी फेरियो

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख । ११ बर्षदेखि पानी बोक्न थालेका मुसिकोट नगरपालिका ३ बडागाउँ ठुलापोखराका लोक बहादुर कार्की अहिले ४७ बर्षका भए । घरमै पानीको धारो खस्दा कार्कीलाई जुनीनै फेरिएको महसुश भएको छ । ‘पानी बोक्दा थाप्लो र कम्मरमा निलडाम हुन्थे,’ कार्कीले भने, ‘दुई महिनामा घरमै पानी खस्यो, अझै सपना जस्तो लाग्छ । बेतपानी पुग्दा एक घण्टा । साढे एक घण्टामा धरमपानी । सोही ठाउँकी लक्ष्मी घर्तिको बिहान पधेँरामै बित्थ्यो । दुई छोरी र आफुले दैनिक तीन खेप बोके पानी पुग्थ्यो । अहिले घर्तिले चाहिएको पानी घरमै भर्छिन् । बेतपानी ठुला पोखरा लिफ्टिङ्ग खानेपानी योजना संचालनमा आएपछि मुसिकोट नगरपालिका ३ वडागाउँका नागरिकको बर्षौ देखिको खानेपानी समस्या समाधान भएको छ ।

दुई महिनामै गाउँमा खानेपानी
यो योजना ०७५ मङ्सिर २८ गतेबाट शुरु भएको हो । गत ५ फागुनमा सम्पन्न गरि खानेपानी संचालन गरिएको उपभोक्ता समिति अध्यक्ष मान बहादुर कार्कीले बताए । यो खानेपानी योजना ३०÷७० अन्तरगत उपभोक्ताको ३० प्रतिशत र ७० प्रतिशत लगानीमा सम्पन्न भएको हो । ६४ लाख ८८ लाख ४ सय ७५ रुपैयाँको लागतमा खानेपानी योजना निर्माण गरिएको कार्कीले बताए । उनले आफुहरुले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम गरेकाले २ महिनामै योजना सम्पन्न भएको बताए । छिटो समयमै घरघरमा खानेपानी पाउँदा नागरिक उत्साहित भएका छ्न ।

सपना पुरा गर्ने चरणमा छौ: मन्त्री बिष्ट
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले खानेपानी योजनाको उद्घघाटन गरेका छन । योजनाको उद्घाटन गर्दै मन्त्री बिष्टले जनताको आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी सबैको घरघरमा पुग्न धेरै समय नलाग्ने बताए । उनले साना समस्यामा स्थानीय सरकार, मझौला समस्याको लागि प्रदेश सरकार र ठुला समस्याको समाधानको लागि केन्द्रिय सरकार भएकाले जनताको आशा र सपना पूरा हुदै जाने बताए । नगरपालिकाका मेयर सोमनाथ सापकोटाले चुनावमा नागरिकका अगाडी गरेका बाचाहरु पूरा हुदै जाँदा अत्यन्तै खुशी लागेको बताए । उनले लिफ्ट खानेपानीमा विद्युतको चुनौती भएकाले आफू गम्भीर भएको बताए ।

लिफ्टिङ्ग खानेपानीलाई बिद्युत चुनौति
मुसिकोट नगरपालिका वास संयोजक सीता भुसालले अहिलेका अधिकाश लिफ्ट खानेपानी योजना बिधुतका कारण समस्या परेको बताइन । उनले विद्युत महसुलका कारण उपभोक्ताले चर्को मुल्यका कारण उपभोक्ता समस्यामा परेको बताइन् । बिपन्न नागरिकलाई अहिलेबाटै ठुलो व्ययभार हुने र पछि पम्प वा अरु कुनै सिस्टममा समस्या आए योजनानै बन्द गर्नुपर्ने अवस्था आउने भुसालले बताइन् । उपभोक्ताहरुको यो बाध्यता हटाउन प्रदेश तथा केन्द्रिय सरकारले भुमिका निर्वाह गर्नु पर्नेमा उनको जोड रहेको छ ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D