gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

स्याङ्जामा कुटपिटपछि महिलाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा गुल्मीका कृष्ण पक्राउ

स्याङ्जा, असोज ३० । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी घर भई हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कालीमाटी बस्ने ४१ वर्षिय कृष्ण परियार रहेका छन् ।

पक्राउ परेका निज परियारले यही असोज २५ गते साँझ जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा नं. १ पुतलीखेत जाने ठाडो बाटोको किनारमा सोहि स्थान बस्ने ३५ वर्षिया मन कुमारी नेपालीलाई कुटपिट गरि घाईते बनाई फरार रहेका थिए । घाईते अवस्थामा रहेकि निज मन कुमारी नेपालीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङजा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धान गर्ने क्रममा कृष्ण परियारले निज महिलालाई यही असोज २५ गते साँझ कुटपिट गरी घाईते बनाई फरार भएको खुल्न आए पश्चात तत्कालै प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा निज कृष्ण परियारलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज उपर ज्यान सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D