gulminews logo
मंगलवार, २०८१ बैशाख ४

स्थानीय तहको प्राथमिकतामा परेनन् रेसुङ्गा बिमानस्थल र जिल्ला अस्पताल

टोपलाल अर्याल
गुल्मी, असार १९ । रेसुङ्गा एयरपोर्ट गुल्मी सहितका जिल्लाहरुको गौरवको आयोजना हो । यो एयरपोर्ट जिल्लाकै भाग्य र भविष्य हो । तर अहिलेका स्थानीय तहको बजेट र कार्यक्रम हेर्दा रेसुङ्गा एयरर्पोट एक्लिएको छ ।

यो एयरपोर्ट रेसुङ्गा नगरपालिकामा पर्छ । त्यसैले पनि रेसुङ्गा नगरपालिका बाहेक अरु नगरपालिका र १० गाउँपालिकाको नजर एयरपोर्टमा परेन । ‘सवैका गफ रहेछन्, व्यावहारमा अरु कुनै स्थानीय सरकारको बजेटमा एयरपोर्ट परेन, ’अधिवक्ता बिनोद पाण्डेयले भने, ‘गौरवकै योजना भए सवैको प्राथमिकतामा पर्नुपर्दथ्यो ।’ रेसुङ्गा एयरपोर्ट बजेटकै अभावमा धेरै बर्ष थला प¥यो । थुप्रै बजेट मुअव्जामै सकियो । अझै पनि १५ लाखको अभावमा फराकिलो बनाउन लिइएको जग्गा पास हुन सकेको छैन ।

एयरपोर्ट निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्त छन् । उनी छत्रकोट गाउँपालिका अध्यक्ष हुन् । तर उनको बजेटमा एयरपोर्टको कुनै संवोधन भएन् । रेसुङ्गा नगरपालिकाले मात्रै आर्थिक बर्ष ०७४÷०७५ मा १० लाख मुअव्जाको लागि सहयोग गरेको थियो । भने आगामी बर्षका लागि पाँच लाख एयरपोर्ट व्यावस्थापनमा खर्च गरिने कार्यक्रम रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्तिराम अर्यालले बताए ।

अलपत्र एयरर्पोटबाट धेरै नागरिक निराश थिए । तर भर्खरै परिक्षण उडान भएपछि सवैको ध्यान उडान कहिले होला भन्नेमै छ । दुई अर्व ८५ करोड ८७ लाख जिल्लाका सवै तहको बजेट हो । एउटा स्थानीय तहको न्यूनतम १९ करोडदेखि ३० करोडसम्मको बजेट छ । तर एयरपोर्ट पर्ने रेसुङ्गा नगरपालिका बाहेक अरुले रुप्पे खर्च गर्दैनन् । जसका कारण रेसुङ्गा एयरर्पोट र जिल्ला अस्पताल समस्यामा पर्दै गएको प्रति मानव अधिकारकर्मी गणेश श्रेष्टले चिन्ता व्यक्त गरे । उनले यी दुई बिषय सवैको साझा बिषय भएको बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले धेरै पटक छलफल र बहर भएपनि अरु कुनै स्थानीय तहले सहयोग नगरेको दुखेसो पोखे । ‘रेसुङ्गा बिमानस्थल र जिल्ला अस्पताललाई सबै स्थानिय तहले बजेट विनियोज गरी संरक्षण गर्नुपर्ने हो,’उनले भने,‘ तर अहिले रेसुङ्गा नगरपालिकाको ठेक्का जस्तै भएको छ, एक्लै भएपनि संरक्षणको प्रयासमा जुटेका छौ ।’ उनले केहि समय अगाडी जिल्ला समन्वय समितिले चासो दिएको भए स्थानीय तहलाई बजेटमा एयरपोर्ट र अस्पताललाई सहयोग गर्न सजिलो पर्ने बताए । उनले जिल्ला अस्पतालमा शव पोष्टमार्टमको सेवा सुविधा एक बर्षदेखि दिन नसक्दा सेवा रोकिने अवस्था आएको बताए ।

साथै अत्यन्तै जिर्ण भवन, रिक्त दरबन्दी तर बिरामीको चाप उच्च भएकाले जिल्ला अस्पताल संचालनमा समस्या भइरहेको भुसालले बताए । जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पराजुलीले दुई बिषय सवै स्थानीय तहको साझा भएकाले मिलेर चलाउनुको बिकल्प नभएका बताए । उनले समयमै ध्यान नपुगेकाले स्थानीय तह चुकेको भएपनि आगामी दिनमा उनीहरुको कर्तव्यको बिषय भएको पराजुलीले बताए । साथै धेरैलाई माथीबाट बजेट आउनेमा बढि आशा भएको उनले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D