सुनाैलाे माैका पाउँदा पनि सरकार बरालियाे: काङ्ग्रेस प्रवक्ता शर्मा

सन्तोष महतारा
गुल्मी, जेठ २१ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले सुनाैलाे माैका पाउँदा पनि बरालिएकाे बताएका छन् । प्रेस युनियन गुल्मीले आयोजना गरेकाे मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै प्रवक्ता शर्माले यस्ताे बताएका हुन् ।

यो पनि पढ्नुस्: गुल्मीका कुन स्थानीय तहलाई कती बजेट? हेर्नुस् पुरा विवरण

उनले सरकार दुईतिहाइकाे भएर पनि जनताले दिएकाे मतकाे सहि सदुपयोग र कदर गर्न नसकेकाे भन्दै सुनाैलाे माैका गुमाउन लागेकाे बताए । “सुनाैलाे माैका पाउँदा पनि सरकार बरालियाे”, शर्माले भने, “दुइतिहाइकाे सरकार हुदाँ पनि भष्ट्रचार, अनियमितता, बलात्कार तथा अपराधीक गतिविधि बढ्नु दु:खकाे कुरा हो ।”

प्रवक्ता शर्माले भरखरै सरकारले सार्वजनिक गरेकाे बजेट वितरणमुखी रहेकाे प्रतिक्रिया दिए । बजेट गतिशील तथा बास्तबिकता नभएकाे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
प्रेस काउन्सिल विधेयककाे बारेमा बाेल्दै पत्रकार माथि सरकारले तरवार उठाएकाे समेत उनले बताए । उनले पत्रकारको कलम बन्द गरेर आफुहरु मस्ती गर्न समेत लागेकाे आरोप समेत लगाएका छन् ।

प्रवक्ता शर्माले पत्रकारकाे पनि सरकार हाेस् वा बाहिरी विकासमा हाेस्, जुनसुकै पक्षमा पनि निकै महत्त्वपूर्ण भुमिका रहेकाे जानकारी गराएका थिए । पत्रकार भेटघाट कार्यक्रममा काङ्ग्रेस गुल्मीका काङ्ग्रेस पार्टी सभापति लगायतका पदाधिकारी तथा जिल्ला भित्रका पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम मङ्गलबार वि.पि स्मृति भवन तम्घासमम भएकाे हाे । कार्यक्रम प्रेस युनियन गुल्मीका सभापती रेशम कुवँरकाे अध्यक्षता रहेको सम्मेलनको सन्चालन सचिव रमेश विश्वकर्माले गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D