gulminews logo
शनिबार, २०८१ बैशाख १५

रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रमहरु

अनिल खत्री
८ पुस, गुल्मी । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई बिभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।

गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पंक्षी संरक्षण संघले डिभिजन गुल्मीको सहकार्यमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कार्यक्रममा सहभागि गराएको छ । जसले गर्दा मानिसहरु घरकै काममा व्यस्त रहने र वन क्षेत्रको तिक्रमण रोकिने लक्ष्या दिइएको छ । संरक्षण संघले रेसुङ्गा नगरपालिकाको पराल्मी र भाडागाउँ गुल्मी दरवारको बलीथुम र जुभुङ्गमा र मालिका गाउँपालिकाकको अर्खाबाङ्ग र ह्वाङदीमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कामहरुमा सहयोग गर्दै आएको छ । जसले गर्दा २ हजारको उब्जनी गर्ने जग्गामा २० हजारदेखि ३० हजारसम्म कमाइ गर्न थालेका छन् ।

आयआर्जनका गाउँमा बाँझिदै गएका जग्गाहरुमा तरकारी खेती गर्न तर्फ कृषकहरु उत्साहित भएका छन् । पुख्याउली खेती गर्दै आएका सथानीलाई तालिम र बिभिन्न सहयोगले आम्दानी पनि हुने गरेको गुल्मी दरवार वडानम्बर–२ झिरवास निवासी होमबहादुर थापाको भनाई छ ।

पंक्षी संरक्षण संघले गुल्मीदरवार गाउँपालिकामा गरेका कार्यक्रमहरुको डिभिजन वन कार्यलयका प्रमुख प्रभात सापकोटा सहित टोलीले स्थलगत अध्ययन गरेको छ । स्थलगत अनुगमनका क्रममा स्थानीयले अकबरे खुर्सानी, च्याउ, टमाटर खेती गरेको पाइएको थियो ।

तरकारी खेती गर्दा पानीको मुख्य समस्या रहेको कृषकहरुको गुनासो रहेको थियो । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन रेसुङ्गा र मदानेमा क्षेत्रसँग जोडिएका बिभिन्न उपभोक्ताहरुलाई जीविकोपार्जनसँगै वन क्षेत्रको संरक्षणसँगसँगै लैजानु पर्न भनेर वन संरक्षण जीविकोपार्जन सुधारका क्रियालपाहरु गरिदै आएको छ ।

वन क्षेत्रमा मानिसको चाप घटाउने र कृषि मार्फत जीविकोपार्जनमा सुधार ल्याउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताए । वन क्षेत्रमा पानीका पोखरी निर्माण समुह मार्फत स्थानीयलाई टनेल मार्फत तरकारी खेती, बिउबिजन वितरण गर्दै आएको पन्थीले बताए ।

वन तथा पंक्षी संरक्षण गर्न आयआर्जनका कार्यक्रमले मुख्य भूमिका खेल्ने भएकाले पनि यस्ता कार्यक्रमहर गरिदै आएको हो । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको छ ।

पंक्षी संरक्षण संघ गुल्मीले जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षीत क्षेत्रमा २६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताए ।

रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा दपरिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताए ।

रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर क्षेत्रफल रहेको छ । यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D