gulminews logo
शनिबार, २०८१ बैशाख १५

गृह जिल्ला गुल्मी पुगेर किन रोईन् मन्त्री झाँक्री? भावुक हुँदै गरिन् यस्तो सम्बोधन

अनिल खत्री
१६ पुस, गुल्मी । नेपाल सरकारका शहरी विकास मन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्याक्रममा रोएकी छन् । शुक्रवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री झाँक्री जीवनका कठिनपूर्ण यात्रा सम्झीदै रोएकी हुन् ।

(एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की घरलाई सम्झीदै भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो’ । उनले भनिन ‘जिन्दगीका महत्वपूर्ण समय त्यहि घर पार्टीमा योगदान गर्यौं’, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं’ ।

तर त्यहि घर पार्टीबाट अलग भयौं यात्रा कठिन छ, उनले भनिन ‘कठिन यात्रा पनि सम्भव छ’ । सानो भाडाको घरमा पार्टी कार्यालय बनायौं मन्त्री झाँक्रीले भनिन्, ‘आज म धेरै भन्ने मुडमा छैन । गहभरि आँशु झार्दै मन्त्री झाँक्रीले भनिन् ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गछौं, राजनिति यात्रा कसरी अगाडी बढछ’ । मन्त्री झाँक्रीले गठबन्धन निर्वाचनसम्म कायम रहने र निर्वाचन पश्चात पनि कायमै राख्ने गरी गठबन्धन अगाडी बढ्ने दाबी गरिन ।

एमालेले बर्तमान गठबन्धन टुटाउन लागेको भन्दै कुनै पनि हालतमा नटुट्ने र एमालेकै कारण देशको आवश्यकताको आधारमा गठबन्धन बनेको उनले बताइन् । अर्को फरक एक प्रसङगमा मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अबरुद्ध गरेर एमालेले निरङकुस पारा देखाएको बताइन् ।
जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद भएको बताउँदै यो प्रबृत्तिलाई रोक्न र जनताको समस्या र समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई उनले सुझाब दिइन् ।

पछिल्लो समयमा एमाले सत्ता बाहिर रहँदा अतालिएको भन्दै आफ्नै कारण यस्तो अबस्था आएको उहाँले दाबी गर्नुभयो । एमाले अध्यक्ष ओलीले निर्वाचन नै नचाहेको र निर्वाचन भए पत्तासाप हुने पनि उहाँले जिकीर गरिन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D