gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका कुन स्थानीय तहलाई कती बजेट? हेर्नुस् पुरा विवरण

सन्जु काउछा
२० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि गुल्मीका स्थानीय तहलाई समपुरक र विषेशबाहेक झन्डै ३ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । १२ स्थानिय तह रहेको गुल्मीमा जम्मा ३ अर्ब १६ करोड ९९ लाख रुपैँया छुट्टाईएको हो ।

दुई वटा नगरपालिकाले २३ करोड ४ लाख रुपैँया वित्तीय समानीकरण अनुदान र ४१ करोड २० लाख सशर्त अनुदान गरी जम्मा ६४ करोड २४ लाख रुपैँया पाउनेछन् । दुई वटा नगरपालिका मध्य मुसिकोट नगरपालिकाले धेरै बजेट पाएको छ । मुसिकोट नगरपालिकाले ११ करोड ४९ लाख वित्तीय समानीकरण अनुदान र २१ करोड ८४ लाख रुपैँया सशर्त अनुदान गरी ३३ करोड ३३ लाख रुपैँया बजेट पाउनेछ । तर रेसुङ्गा नगरपालिकाले भने ११ करोड ५५ लाख वित्तीय समानीकरण अनुदान र १९ करोड ३६ लाख रुपैँया सशर्त अनुदान गरी जम्मा ३० करोड ३१ लाख रुपैँया बजेट पाउनेछ । यि रकममा समपुरक अनुदान र बिशेष अनुदान भने समावेश गरिएको छैन ।

गुल्मीका गाउँपालिकाहरुलाई जम्मा २ अर्ब ५२ करोड ७५ लाख रुपैँया छुट्टाईएको छ । जिल्लाका १० गाउँपालिका मध्य धुर्कोट गाउँपालिकालाई सबै भन्दा बढी २७ करोड ९२ लाख रुपैँया बजेट परेको छ । त्यस्तै सबै भन्दा कम गुल्मी दरबार गाउँपालिकालाई परेको छ । गुल्मी दरबार गाउँपालिकालाई जम्मा २१ करोड ७७ लाख रुपैँया परेको छ जसमा वित्तीय समानीकरण अनुदान तर्फ ९ करोड ०५ लाख र सशर्त अनुदान तर्फ १२ करोड ७२ लाख रुपैँया रहेको छ । धुर्कोट गाउँपालिकालाई भने वित्तीय समानीकरण अनुदान तर्फ ९ करोड १३ लाख रुपैँया र सशर्त अनुदान तर्फ १८ करोड ७९ लाख रुपैँया रहेको छ ।

सत्यवतीलाई २७ करोड ०३ लाख रुपैँया, चन्द्रकोट गाउँपालिकालाई २६ करोड ७५ लाख रुपैँया, रुरु गाउँपालिकालाई २६ करोड ५४ लाख रुपैँया र मालिका गाउँपालिकालाई २६ करोड १० लाख रुपैँया बजेट छुट्टाईएको छ ।

त्यस्तै छत्रकोट गाउँपालिकामा २५ करोड ३६ लाख रुपैँया, मदाने गाउँपालिकामा २४ करोड ५४ लाख रुपैँया, कालिगण्डकी गाउँपालिकामा २३ करोड ८३ लाख रुपैँया र ईस्मा गाउँपालिकामा २२ करोड ९१ लाख रुपैँया बजेट परेको छ । यि सबै रकममा समपुरक अनुदान र बिशेष अनुदान भने समावेश गरिएको छैन ।

कुन स्थानीयले कति पाए ? हेर्नुस्

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D