Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सीमामा अलपत्र गुल्मीकी गर्भवती महिलाको उद्धार गरी जिल्ला पठाईयो - Gulminews

सीमामा अलपत्र गुल्मीकी गर्भवती महिलाको उद्धार गरी जिल्ला पठाईयो

बुटवल, चैत २३ । सीमा क्षेत्रमा अलपत्र परेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । सुत्केरी हुने दिन नजिकिएकी रेसुङ्गा नगरपालिका–२ गुल्मीकी भगवती परियारलाई उद्धार गरिएको खबर ईकान्तिपुर डट कमले छापेको छ ।

भारतको दिल्ली नजिक गाजियावाद सहरबाट आएकी उनी ४ दिन बेलहिया नाकामा अलपत्र परेकी थिइन् । बुधबार ८ किलोमिटर पर नौतनवास्थित मोर्डन कलेजमा लगिएको थियो । महिना नजिकिँदा कमजोर भएकी उनी धेरै दिन सडकमा बस्दा थलिँदै गएकी थिइन् ।

क्वारेन्टाइनमा गएपछि नौतनवाका स्थानीयले सुत्केरी हुने दिन नजिकिएकी र अस्वस्था गर्भवती महिला रहेको नेपाली पक्षलाई खबर गरेका थिए । त्यसपछि बेलहिया प्रहरी कार्यालयका इन्सपेक्टर ईश्वर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी बुझ्न गएको थियो । टोलीले उनको अवस्था नाजुक भएको र तत्काल उद्धार गर्नुपर्ने रिपोर्ट ल्याएको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार गर्भवतीलाई नेपाल लैजान अनुमति माग्दै नौतनवा प्रशासनलाई पत्र पठाएको थियो । नौतनवा प्रशासनले आफै जोखिम उठाए लैजान सक्ने बताएपछि उद्धार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘थप जोखिम हुन नदिन एम्बुलेन्स लगेर नौतनवासम्मै गयौं,’ प्रजिअ पन्थले भने, ‘गर्भवती सहित उनको परिवारलाई लिएर आयौं,’ प्रजिअ पन्थले भने ।

भगवतीसँगै उनका दुई वर्षे छोरा निशान परियार र पति सुनिलकुमार परियार समेत नेपाल आएका छन् । सुनिलले गाजियावादको एक स्कुलमा बस चलाउँथे । स्कुलले अनिश्चितकालका लागि बिदा दिएको थियो । गाजियावादस्थित अस्पतालले समेत भगवतीको चेकजाचमा अस्विकार गरेपछि उनीहरु नेपाल हानिएका थिए । ‘नौ महिना पुगीसकेको छ । यही हप्ता सुत्केरी हुने डेट दिएको थियो,’ भगवतीले भनिन्, ‘विदेशी भूमिमा मरिएला कि भनेर त्यहाँबाट हिँडेका हौं ।’

शुक्रबार साँझ बेलहिया नाकामा आएका उनीहरुलाई राति नै रेसुङ्गा नगरपालिका गुल्मी पठाइएको छ । प्रशासनले रेसुङ्गा नगरपालिकालाई महिलाको स्वास्थ अवस्थाबारे जानकारी गराएको थियो । त्यसपछि एम्बुलेन्स खर्चसमेत नगरपालिकाले व्यहोर्ने गरी शुक्रबार राति नै उनलाई गुल्मी पठाइएको हो ।

उनी रेसङ्गा नगरपालिका ७ उपल्लो तम्घासमा रहेको आइसोलेसन वार्डमा बसेकी छन् । वार्डमा उनको परिवार र अर्का एक जना ज्वरोका बिरामी छन् । उनीहरुका लागि ५ जना स्वास्थ्यकर्मी खटेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्ति मरासिनीले उनको स्वास्थ जाँच गरी १४ दिन सम्म यही आइसोलेसनमा राखिने बताए । ‘प्रारम्भिक रुपमा उनको अवस्था ठिकै छ,’ उनले भने, ‘थप स्वास्थ्य जाँच गरिने छ ।’

तम्घास आइसोलेसन वार्डमा पुगेकी भगवतीले अब बाँचिएको भन्ने आश पलाएको बताइन् । ‘काख र कोखमा बच्चा । बिमारी शरीर ज्यानले हार खाएको थियो,’ उनले भनिन्, ‘अब बाँचिन्छ भन्ने आश पलाएको छ ।’ -ईकान्तिपुर डट कम

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D