शिक्षा क्षेत्रको सुशासनलाई अंकमा नाप्दै गुल्मीका सामुदायिक विद्यालय

अनिल खत्री
१३ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरुले विद्यालयको समग्र कार्यसम्पादन भएको सुशासनलाई अंकमा नाप्ने भएका छन् ।

विद्यालयको गत १ वर्षको कार्यसम्पादनको आधारमा जवाफदेहिता, सहभागिता, पारदर्शिता, कानुनको शासन लगाएतका क्षेत्रमा विद्यालयले गरेको कार्यसम्पादनको अवस्थालाई अंकमा मापन गर्नका लागि छत्रकोट गाउँपालिकाको वडा नं ३ हर्दिनेटा र गुल्मीदरबार गाउँपालिकाको वडा नं. २, जुभुंगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत उक्त विषयमा अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।

वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको सहभागिता रहेको उक्त अन्तरक्रियामा सामुदायिक विद्यालयका चुनौती र सुधारका सम्भावनाबारे समुहगत छलफल समेत गरिएको थियो । उक्त छलफलबाट विद्यालयमा शिक्षक विद्यार्थी आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने, दैनिक पाठयोजना अद्यावधिक र कार्यान्वयन हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, साामाजिक परीक्षणमा जनसहभागिता वृद्धि गर्नुपर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

पहिला चरणमा वडा भित्रका सामुदायिक विद्यालयहरुमध्ये जुभुंगमा काभ्रेपोखरी मा.वि र हर्दिनेटामा मैन्डाडा मा.वि.छनौट गरी उक्त विधिको कार्यान्वयन गर्ने एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँरले बताए । विभिन्न चरणमा विद्यालयको अवस्था विश्लेषण गरिसकेपछि सुधारका लागि कार्ययोजना बनाउने र कार्यान्वयनका लागि अनुगमन समिति समेत बनाउने संस्थाले जनाएको छ ।

छलफलमा एफ.एच.आई.३६० का खड्ग रम्तेल, संस्थाका उपाध्यक्ष भगवती श्रीस, सदस्य कमला विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो । एकीकृत ग्रामीण विकास समाज गुल्मीले गुल्मी र अर्घाखाँचीका स्थानीय तहसंगको समन्वयमा सुशासन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D