gulminews logo
शनिबार, २०८१ बैशाख १५

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो ।

क्याम्पस चरम आर्थिक संकटमा परेपछि गत साउन ३० गते आर्थिक संकटकाल घोषणा गरिएको थियो । त्यसपछि भदौ १२ एक सूचना गर्दै स्वैच्छिक अवकाश लिन चाहेमा आशय पत्र दिन संचालक समितिले आह्वान गरेको थियो । जसमा १३ जनाले स्वेच्छिक अवकास लिन चाहेका थिए । तर संचालक समितको बैठकले नौ जनालाई मात्रै अवकास दिएको हो । समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उप–प्रध्यापकहरु ढुण्डीराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्षमण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमलाई अवकाश दिएको छ ।

त्यस्तै कर्मचारीमध्ये स्टोरमा कार्यरत पिताम्बर मरासिनी र लाइब्रेरीयन लोकनाथ गौतमलाई पनि अवकाश दिइएको छ । अवकास पाएकामध्ये उप–प्रध्यापक रिजाल, पाण्डे र गौतमले भने स्वैच्छिक अवकास लिन चाहेका थिएनन् । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार १० जनाभन्दा कम विद्यार्थी भएमा कक्षा चलाउन नपाइने भएकोले विद्यार्थी सङ्ख्या कम भएका कक्षाका प्रध्यापकलाई अवकाश दिइएको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

अवकास दिइएका प्रध्यापक र कर्मचारीको उपदान र उपचार कोष बापतको रकम करिब पौनो दुई करोडभन्दा धेरै छ । उक्त रकम यसै आर्थिक बर्षको असार मसान्तसम्म किताबन्दीमा उपलब्ध गराइने निर्णय गरिएको छ । समितिले क्याम्पसका प्रध्यापक तथा कर्मचारीलाई कुनै पनि संघ–संस्थाको प्रमुख र पदाधिकारीमा बस्न नपाउने समेत निर्णय गरेको छ । क्याम्पसले गत पौषदेखि हालसम्म कर्मचारी र प्रध्यापकलाई पारिश्रमिक बापतको एक करोड ५८ लाखभन्दा बढी रकम दिन सकेको छैन ।

यो पनि पढ्नुस्

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D