gulminews logo
शनिबार, २०८१ बैशाख १५

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारी
मुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत विद्यार्थीले विद्यालय परिसरमा विभिन्न प्लेकार्ड राख्दै नाराबाजी गर्दै आईतबार पठनपाठन समेत बहिष्कार गरेका छन् ।

विद्यार्थी सुधा खरालले लेखाशास्त्र विषयको शिक्षक नहुँदा आफुहरुको पढाई झण्डै १ महिना देखि प्रभावित भएकाले कक्षा ११ र १२ का विद्यार्थीहरु शुक्रवार देखि आन्दोलनमा उत्रिन बाध्य भएको बताईन् । शिक्षा जस्तो सवेंदनशील क्षेत्रमा पनि नगरपालिकाले लापरबाही गरेको भन्दै उनले एक हप्तामा विद्यालयमा शिक्षक नआए अझै कडा रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिईन् ।

आन्दोलनरत विद्यार्थीका अनुसार विद्यालयमा लामो समयदेखि लेखाशास्त्र विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ ।

विद्यालयका प्रधानाध्यापक डिल बहादुर अधिकारीले यसअगाडी अध्यापन गराईरहनुभएका शिक्षकले श्रावण १६ गते राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिको निणर्य बमोजिम तत्कालै नगरपालिकामा लेखाशास्त्र विषयको पद रिक्त रहेको भनेर जानकारी गराएको बताए ।

श्रावण २२ गतेदेखि विद्यालयमा नियमित पठनपाठन भएपनि लेखाशास्त्र विषयको अध्यापन भने हुन नसकेको उनको भनाई छ । “नगरपालिकाले श्रावण २२ गते विज्ञापन पनि गर्यो, भाद्र ५ गतेसम्म रहेको अन्तिम म्यादमा ३/४ जनाको आवेदन परेको भन्ने सुनेको छु, प्रधानाध्यापक अधिकारीले भने, त्यसयता परिक्षा मिति तोकेको र शिक्षक छनौट किन हुन सकेन भन्ने विषय भने थाहा पाउन सकिएन ।”

मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले कार्यालयमा लेखा परिक्षणको काम हुन थालेकाले परिक्षा तोक्ने काम समयमै गर्न नसकिएको स्वीकार गरे । “महालेखा परिक्षकको कार्यालयबाट लेखा परिक्षणका लागि आउने भनेको झण्डै १ महिना हुन लाग्यो नेपालीले भने,-लेखापरिक्षणको काम सकेर परिक्षा तोक्ने भन्दा ढिलाई भयो ।”

उनले ४/५ वटा विद्यालयको परिक्षा तोक्ने र शिक्षक छनौट गर्ने कार्य अवको एक हप्ता भित्रै गर्ने जानकारी दिए । ईन्द्रेगौँणाको विद्यालयमा पनि एक हत्ता भित्र शिक्षक पठाईने उनले प्रतिबद्धता व्यक्त गरे ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D