gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

एसईईमा ४ जीपीए ल्याएका गुल्मीका आशिषलाई बजागाजा सहित बजार परिक्रमा

अनिल खत्री
१३ साउन, गुल्मी । माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई बजागाजा सहित बजार परिक्रमण गरिएको छ । शुक्रवार रेसुङ्गा माध्यमिक बिद्यालयले बाजगाजा सहित बिद्यार्थी अभिभावक, शिक्षक तथा शुभचिन्तकको भव्य उपस्थितीमा खुसियिाली साटासाट गरेको हो ।

बस्नेत सहित एसईईमा उत्तिर्ण बिद्यार्थीहरु सहभागि गराएर खुसीयाली सहित बजार परिक्रण गराइएको थियो । बिद्यालयले गरेको सफलतालाई आम शुभचिन्तकहरुसम्म साटासाट गर्न बजार परिक्रमण गरिएको बिद्यालयले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका आशिष बस्नेतले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । यसवर्षको एसईई नतिजामा रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका आशिष बस्नेतले ४ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएका हुन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अमरपुर निवासी बस्नेतले रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा चारदेखि अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालय सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४ जीपीए ल्याएर पास गर्नेमा जिल्लामै प्रथम भएको हो । त्यस विद्यालयबाट ८२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागि भएका थिए । यस अघि ०७५ सालमा सम्पन्न एसईई परीक्षामा राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । जसका कारण रेसुङ्गा मावि प्रदेशमा प्रथम र देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भएको थियो । गत २ वर्ष भने कोरोना महामारीका कारणले विद्यालयले नै आन्तरिक मुल्याङकन गरेका थिए ।

शैक्षिक गुणस्तरका लागि विद्यालयका सबैको खटाईको कारण परिणाम हात प्राप्त भएको विद्यालय प्रधानाध्यापक प्रेमनारायण भण्डारीले बताए । हाल यस बिद्यालयले प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङतर्फ कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ ।

यसै शैक्षिकसत्र देखि विद्यालयमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकयमा कक्षा सन्चालन गर्न लागेको भण्डारीले बताए । गुल्मी जिल्लाका १४० वटा विद्यालयका ४ हजार ४२५ जना विद्यार्थी परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D