gulminews logo
बुधबार, २०८१ बैशाख १२

लुप्सी वाँझकटेरी म्यालपोखरी खानेपानी उद्घाटन

शिवलाल सुवेदी
गुल्मी, १ चैत । जिल्लाको मदाने गाउँपालिका वाझँकटेरीमा लुप्सी–वाझँकटेरी –म्यालपोखरी खानेपानीको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गरिवी निवारण कोषको आर्थिक सहयोग तथा उत्पीडित उत्थान केन्द्र गुल्मीको प्राविधिक सहयोगमा सम्पन्न खानेपानी योजनाको एक कार्यक्रमका विच मदाने गाउँपािलका अध्यक्ष दान बहादुर केसीले उदघाटन गरेका हुन ।

उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी रहेका केसीले गरिवी निवारण कोषले साच्चिकै गरिवहरुको घरदैलोमा पुगेर खानेपानीको समस्या समाधान गरेको भन्दै कोषलाई धन्यवाद दिएका छन । उक्त खानेपानी योजना १३ लाख रुपैयामा सम्पन्न भएको प्राविधिक सहयोगी सस्थाका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । लुप्सी–वाझँकटेरी –म्यालपोखरी खानेपानी योजनाले वाझँकटेरी र म्यालपोखरीका गरि २ सय भन्दा बढी घरधुरी लाभाम्भित भएका छन ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी मदाने गाउँपालिका अध्यक्ष दानवहादुर केसी, उत्पीडित उत्थान केन्द्र गुल्मीका अध्यक्ष कृष्ण सुनार, उपाध्यक्ष दल बहादुर विक वडा न २ का अध्यक्षहरु माधव भुसाल र ४ का वडा अध्यक्ष भिम प्रसाद भट्टराई लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष वोम बहादुर विकको अध्यक्षता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D