gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रिडीको माघे सक्राँन्ती मेलामा नि:शुल्क खानपिन, चलेका कलाकारको भब्य जमघट, को-को आउँदै छन्?

अनिल खत्री
गुल्मी, पुस ३० । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको माघेर सक्राँन्ती मेला बिबिध कार्यक्रमको तयारी पुरा भएको छ । बिगतका वर्षहरुमा जस्तै कार्यक्रम यस वर्ष पनि रुरु फ्रेण्ड क्लवले आयोजना गर्न लागेको हो । त्यस्तै रुरु स्थित आधा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।

बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वकर्माले बताए । यसवर्ष मेला समितिले व्यबसायीको सुबिधालाई ध्यानमा राख्दै आफै स्टल निर्माण गरि व्यापारीलाई दिने भएको छ । फेन्सीको व्यापार गर्नेको लागि प्रती स्टल पाँच देखी नौ हजार र होटल ब्याबसायीको लागि प्रती हात चार सयका दरले जग्गा उपलब्ध गराएको छ । यो बिगतको बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो ।

अध्यक्ष बिकका अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्करबाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालुलाई सुबिधा जनक स्नान एव दर्शन गर्नको लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि सम्म्याईएको छ । साथै गण्डकी किनारमा बाँस गाडी कपडा झुण्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइनबद्ध रुपमा लामाचौपारीको बिष्णु मन्दिर, ऋिषकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको दर्शन गर्न सक्नेछन् ।

नि:शुल्क खानपिन
दर्शन पछि टाढाबाट आउने दर्शनाथीको लागि रुरु क्षेत्र बिकास समितिले नि:शुल्क खानपानको ब्याबस्था मिलाएको छ । चहाना हुनेले जहाँ नि:शुल्क रुपमा दैनिक दाल भात तरकारी खान सक्नेछन् । त्यसैगरी मेला अवधीभर च्युरेकी युवाहरुको विशेष पहलमा पुरातात्त्विक बस्तुको फोटो प्रदर्शनी हुने भएको छ । जुन रुरु खेल मैदानको गेटमा स्टल बनाइने भएको छ । जहाँ रुरु क्षेत्र को महत्त्व र इतिहास झल्कने बस्तु हरु हुने छन् ।

कृषि प्रदर्शनी, र्या्फ्टिङ्गबाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रत्यक बर्ष रुकुम, रोल्पा, जुम्ला र सल्यानबाट राडिपाखीको व्यापार गर्न आउने गर्दछन् । उनिहरुको सुबिधालाई ध्यान दिँदै उनिहरुलाई मैदानको गेटको दायाँ तर्फ नि:शुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेलामा समिती, फ्रेण्डस क्लब र प्रशासनको बैठकले मेला अवधीभर मदिराजन्य बस्तुलाई प्रतिबन्ध लगाइएको छ ।

को को कलाकारहरु आउँदैछन् ?

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडी ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रियङ्का कार्कीको विशेष प्रस्तुती रहने छ । यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा, शिरिष देवकोटा, प्रिती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हाँस्यकलाकार राजा राजेन्द्र, दैनिक रुरुकला केन्द्रको प्रस्तुती, शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार, बिष्णु श्रीपाली, कलाकार दान वीर, पवन परियार, नन्दु परियार, प्रेम लामिछने, मन्जु थापा, माग्ने बुढा, नारायण भण्डारी, सुन्दर भण्डारी, पुर्खे बा, आयुष्मान जोशी, नबिन पौडेल, सम्झना भण्डारी लगायत थुप्रै कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

के के छन् मेलाका आकर्षण?
सांस्कृतिक कार्यक्रम बाहेक मौतकाकुवा, बाल उद्यन, पिङ, कालिगण्डकीमा ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनी, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृतिक झल्कने नाचगान तथा स्थानिय भेष्भुषा झल्कने नाचसगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । क्लवले यतिबेला तयारीलाई तिब्र पार्नको लागी आर्थिक तथा मेलाको लागी सबै तयारीको लागी काम गरिरहेको पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।

गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघेसक्राँन्तीसँगै एकादशी, साउने सक्राँन्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिकए ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । गुल्मी, पाल्पा, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यस क्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ ।

सोहि धार्मिक मान्यता अनुसार यस पबित्रधाम रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ रिण, देव रिण तथा रिषी रिण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप यस क्षेत्रमा माघे सक्रान्ती तथा बिभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पुजा आजा गर्ने भत्तजनाको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D