gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यात्रु बोकेर हिँडेको गुल्मीको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

गुल्मी, वैशाख ३ । यात्रु बोकेर हिँडेको गुल्मीको एक एम्बुलेन्सलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ स्थित निस्ती बडिगाढ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एम्बुलेन्सलाई ८ जना यात्रु सहित पक्राउ नियन्त्रणमा लिईएको हो ।

गर्भवती महिलालाई पाल्पा प्रभास स्थित लुम्बिनी मेडिकल कलेज छोडेर फर्कदा यात्रु बोकेर हिँडेको एम्बुलेन्स पाल्पा प्रहरीले मंगलवार नियन्त्रण लिएको हो । निस्ती बडिगाढ सामुदायिक विकास केन्द्रको लु २ च १४८० नम्बरको एम्बुलेन्स मङ्गलबार बाग्लुङको खौलारबाट गर्भवती महिला लिएर पाल्पाको पुगेको थियो ।

अस्पतालबाट गुल्मी मुसिकोट फर्कदै गरेको एम्बुलेन्सलाई तानसेनको होलाङ्दीमा चेकजाँच गर्दा ८ यात्रुु बोकेकोले नियन्त्रणमा लिईएको पाल्पा प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य यात्रुलाई होलाङ्दीबाटै फर्काइएको र विरामी सहित एम्बुलेन्सलाई छोडिएको पनि जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यता रिडी प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई चालकलाई सचेतना सहित सामान्य जरिवाना तिराएर बुधवार बिहान एम्बुलेन्स छाडेको बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D